उपचारको क्रममा थुनुवाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
४७ पटक हेरिएको
Shares
उपचारको क्रममा थुनुवाको मृत्यु

सारांश

  • महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो ।
  • थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा निजको सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो ।

महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहँदै आएका एक थुनुवाको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२ किशोरी नगर घर भई कर्तव्य ज्यान मुद्दामा २०७४ साल पुस ९ गतेदेखि जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका ६७ वर्षीय देवनारायण ठाकुर रहेको निमित्त जेलर मकसुदन महासेठले बताउनुभयो ।

थुनुवा ठाकुरको आज बिहान अचानक उच्च रक्तचाप भएर उपचारको लागि शान्ति सामुदायिक अस्पताल जलेश्वरमा पठाइएकोमा निजको सोही अस्पतालमा बिहान ८ः४५ बजे मृत्यु भएको हो । मृतक थुनुवा ठाकुरको शव आफन्तलाई बुझाउने तयारी भइरहेको कारागार कार्यालय महोत्तरीले जनाएको छ ।

(https://flathatnews.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?