दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार प्रदान

सारांश

  • काठमाडौं।
  • दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ।
  • सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कार घोषणा गरिएको हो।

काठमाडौं। दुई अमेरिकी वैज्ञानिकलाई चिकित्साको नोबेल पुरस्कार २०२४ को विजेता घोषणा गरिएको छ।

सोमबार चिकित्सा र फिजियोलोजीको क्षेत्रमा नोबेल पुरस्कार घोषणा गरिएको हो। सन् २०२४ को चिकित्साशास्त्रको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गरिएको छ। माइक्रो आरएनए (रिबोन्यूक्लिक एसिड) को आविष्कारका लागि दुवैलाई यो पुरस्कार दिइएको हो।

माइक्रोआरएनएले शरीरमा कोशिकाहरू कसरी बन्छन् र काम गर्छन् भनेर बताउँछन्। दुवैले सन् १९९३ मा माइक्रो आरएनए पत्ता लगाएका थिए। मानव जीन डीएनए र आरएनए मिलेर बनेको हु न्छ। माइक्रो आरएनए आधारभूत आरएनएको भाग हो।

यो पछिल्लो ५०० मिलियन वर्षहरूमा बहुसेलुलर जीवहरूको जीनोमहरूमा विकसित भएको छ। हालसम्म मानिसमा विभिन्न प्रकारका माइक्रो आरएनएका एक हजारभन्दा बढी जीन पत्ता लागेको छ।

अक्टोबर ७ देखि अक्टोबर १४ सम्म नोबेल पुरस्कार विज्ञान, अर्थशास्त्र, साहित्य र शान्ति जस्ता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई दिइनेछ ।

आज भौतिकशास्त्रमा नोबेल पुरस्कारको घोषणा हुदै छ ।

नोबेल पुरस्कारमा ११ लाख स्वीडिश क्रोनर नगद पुरस्कार दिइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?