पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्छ : शशांक कोइराला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १२, २०७४
|
|
२० पटक हेरिएको
Shares
पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्छ : शशांक कोइराला

सारांश

  • काठमाडौं, १२ साउन ।
  • नेपाली कांग्रेसका महामन्त्री डा.
  • शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्ने बताएका छन् ।

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दी र भागबण्डा तत्काल अन्त्य हुनुपर्ने बताएका छन् ।

बिहीबार कोइराला निवासमा देशभरिबाट आएका प्रेस युनियनका केन्द्रिय सदस्यहरुको सम्मानमा आयोजित चियापनमा बोल्दै उनले पार्टीभित्र पछिल्लो समय चरम गुटबन्दी मौलाएकोले यसलाई तत्काल रोक्नुपर्नेमा जोड दिएका हुन् । उनले भने,‘गुटबन्दी धेरै नराम्रो कुरा हो, पार्टीमा यस्तो खराब प्रवृत्ति देखिनु भनेको भविष्यमा यसले पार्टीलाई शुभ गर्दैन्।’

त्यस्तै उनले मन्त्रीदेखि अन्य नियुक्तीमा समेत भागबण्डा देखिनु गलत प्रवृत्ति भएको टिप्पणी गरे । उनले भने,‘हरेक कुरामा भागबण्डा, यो त गलत भयो नि।’
त्यस्तै उनले पार्टी सभापति शेरबहादुर देउवाले एक ढिक्का भएर अघि बढाउनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले संसदमा विचाराधिन संविधान संशोधन प्रस्ताव पारित गराउनेगरि निर्णयार्थ पेश गर्नुपर्ने बताए । उनले भने,‘कांग्रेस संशोधन प्रस्तावको पक्षमा छ, यसको विकल्प छैन, यसलाई पारित गराउनेगरि अघि बढाउनुपर्छ।’

त्यस्तै उनले मुलुकमा विधिको शासन स्थापित गर्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भन्दै आगामी दिनमा समेत मिडियाले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?