ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण अमेरिकाको डेनभरमा हुँदै
सारांश
- ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ मा हुने भएको छ ।
- संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना हुँदैछ ।
- नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठको भनाई छ ।
ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ मा हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिख २०१९ मा उक्त अवार्ड आयोजना हुँदैछ ।
नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठको भनाई छ । अवार्डको दुई संस्करण सम्पन्न भइसकेको छ ।
यस अवार्डको नारा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ रहेको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै नेपाली सिनेमाको बजार प्रवद्र्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन यो अवार्डका उद्देश्य रहेको ग्लोबल नेपाली फिल्म अवार्डको नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मधुकुमार श्रेष्ठले बताए । अवार्डको तयारी तीव्र रुपमा भईरहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।
सुरज
प्रतिक्रिया