बिना अनुमति अमेरिकी राजदुत किन पुगिन चीनसंग जोडिएको रसुवा भन्सार ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
५६ पटक हेरिएको
Shares
बिना अनुमति अमेरिकी राजदुत किन पुगिन चीनसंग जोडिएको रसुवा भन्सार ?

सारांश

  • काठमाडौं, २१ जेठ।
  • अमेरिकी राजदूत एलिना बी टेप्लिट्ज कूटनीतिक मर्यादा उल्लंघन गर्दै रसुवा भन्सारको निरीक्षणमा गएको विषयले गम्भीर रुप लिने भएको छ ।
  • चीनसंग जोडिएको रसुवा भन्सार टिमुरेमा राजदूत टेप्लिट्ज अचानक पुगेपछि भन्सारका प्रमुख गोपाल कोइरालालगायतका कर्मचारीहरु हतारहतार जम्मा भएर उनको स्वागत गरेको खबर संचारमाध्यममा बाहिरीएपछि बिषयले गम्भिर माेड लिएकाे हाे  ।

काठमाडौं, २१ जेठ। अमेरिकी राजदूत एलिना बी टेप्लिट्ज कूटनीतिक मर्यादा उल्लंघन गर्दै रसुवा भन्सारको निरीक्षणमा गएको विषयले गम्भीर रुप लिने भएको छ ।

चीनसंग जोडिएको रसुवा भन्सार टिमुरेमा राजदूत टेप्लिट्ज अचानक पुगेपछि भन्सारका प्रमुख गोपाल कोइरालालगायतका कर्मचारीहरु हतारहतार जम्मा भएर उनको स्वागत गरेको खबर संचारमाध्यममा बाहिरीएपछि बिषयले गम्भिर माेड लिएकाे हाे  । २०७५ जेठ १७ गते बिहान ९.३० बजे रसुवा भन्सार कार्यालयमा अकस्मात पुगेपछि रसुवा भन्सार कार्यालयका प्रमुख गोपाल कोइराला लगायतले भन्सारको कार्यकक्षमा राखेर अमेरिकी राजदूतलाई ब्रिफिङ गरेको कर्मचारी स्रोतले बताएको छ ।

भन्सार कार्यालयका प्रमुखले भंसार विभाग, अर्थ मन्त्रालय, पराराष्ट्र मन्त्रालयको स्वीकृतिबेगर कुनै पनि देशका राजदूतलाई स्वागत, भंसारको अफिसियल जानकारी दिन र भेटघाट गर्न रोक लगाइएको छ । भन्सार विभागका महानिर्देशक तोयम रायसंग यस विषयमा जान्न खोज्दा उनले भने ‘माथिल्लो निकायसंग अनुमति नलिई भन्सार कार्यालयका प्रमुख वा अन्य कर्मचारीले राजदूत भेट्न र भंसार सम्बन्धी कुनै पनि जानकारी दिन पाइंदैन ।’

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले दुई महिनाअघि केन्द्र सरकारको अनुमति नलिई स्वीस राजदूतलाई भेटेको बिषयमा उनको आलोचना भएको थियो । तर रसुवाका भन्सार प्रमुख कोइरालाले अमेरिकी राजदूतलाई भेटेकोमात्र होइन, ब्रिफिङ गरेको बिषयले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायत कूटनीतिक बृत्तमा चर्चा पाएको छ । दृष्टि साप्ताहिकका अनुसार भन्सारका कर्मचारीहरुले राजदूत टेप्लिट्जलाई ब्रिफिङ गरेको तस्विरसमेत सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् । चिनिया बोर्डरको भंसार नाकामा कुनै निकायको अनुमति बिना राजदूतको भ्रमण हुनु, कूटनीतिक मर्यादा र सुरक्षाको दृष्टिकोणले समेत आपत्तिजनक मानिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै चीन भ्रमणको चर्चा चलिरहेको समयमा नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिट्जको सुटुक्क रसुवामा अध्ययन भ्रमण हुनलाई कूटनीतिक क्षेत्रले समेत सुरक्षा र कूटनीतिक हिसावले समेत मर्यादा विपरीत भन्ने टिप्पणी गरेको छ ।

यस विषयमा रसुवा भन्सार प्रमुख कोइरालासंग सम्पर्क गर्दा उनले भने–‘राजदूत टेप्लिट्ज अकस्मात भन्सारमा आएपछि जानुस् भन्न त मिलेन, अमेरिकी राजदूतले सोधेको कुराको जवाफ दिएका हौं, राजदूतले अनौपचारिकरुपमा रसुवा घुम्न आएको कुरा बताइन् ।’ बिदा हुने बेलामा ‘घुम्न आएको’ कुरा राजदूतले बताइन्’ भंसार प्रमुख कोइरालाले भने ।

अमेरिकी राजदूत भन्सार कार्यालयमा पुगेको बेलामा कुनै पनि कर्मचारीले औपचारिक पोशाक समेत नलगाई बसेको पाइएको छ । सरकारले कर्मचारीका लागि औपचारिक पोशाक तय गरेको छ र उनीहरुलाई मौसम अनुसारका पोशाकका लागि पोशाक भत्ता बार्षिक ७ हजार ५ सय रुपैया दिंदैआएको छ । तर कर्मचारीले भत्ता खाने तर पोशाक भने नलगाउने गरेको देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
गुड्दागुड्दै गरेको गाडीबाट फिल्मी शैलीमा शृंखलाबद्ध चोरी,
राेनाल्डाे र मेस्सी युगकाे अन्त्य गर्ने यी युद्धबाट उठेका स्टार
राेनाल्डाे र मेस्सी युगकाे अन्त्य गर्ने यी युद्धबाट उठेका स्टार
हृदयघातका कारण  नायिका श्रीदेवीको मृत्यु !
हृदयघातका कारण नायिका श्रीदेवीको मृत्यु !
नागरिकता छैन, नो प्रोबलेम राष्ट्रिय परिचयत्र पाउनु हुनेछ
नागरिकता छैन, नो प्रोबलेम राष्ट्रिय परिचयत्र पाउनु हुनेछ
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
निर्वाचनसँगै शहीदका सपना पूरा हुँदै – रक्षामन्त्री प्रधान
विप्लवका दुई कार्यकर्ता पक्राउ
विप्लवका दुई कार्यकर्ता पक्राउ
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि  उल्लेख्य योगदान रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा,मिडियाकर्मीले लोकतन्त्र र गणतन्त्रका लागि उल्लेख्य योगदान रहेको बताउनुभयो ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने, भोलि नै अस्पताल भर्ना हुने
बजेट: निशानामा बियर, रक्सिलाइ राहत !
बजेट: निशानामा बियर, रक्सिलाइ राहत !