पुलिस र प्रदेश नं. १ को विजयी सुरुवात

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
पुलिस र प्रदेश नं. १ को विजयी सुरुवात

सारांश

  • काठमाडौँ, १४ जेठ ।
  • काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नं.
  • १ ले विजयी सुरुवात गरेका छन् ।

काठमाडौँ, १४ जेठ । काठमाडौँमा जारी प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नं. १ ले विजयी सुरुवात गरेका छन् ।

त्रिवि क्रिकेट ग्रउण्ड र मुलपानी खेल मैदानमा भएको छुट्टाछुट्टै खेलमा प्रदेश नं. ७ र प्रदेश नं. २ लाई हराउँदै नेपाल पुलिस क्लब र प्रदेश नं. १ ले विजयी सुरुवात गरेका हुन् ।

सोमबार त्रिवि क्रिकेट ग्राउण्डमा भएको खेलमा प्रदेश नं. ७ लाई १ सय ७४ रनको विशाल अन्तरले हराउँदै नेपाल पुलिस क्लबले अंक तालिकामा खाता खोलेको छ । ३२५ रनको पिछा गर्ने क्रममा प्रदेश नं. ७ ले ३७ ओभरमा १४५ रन मात्र बनाउन सकेको थियो । खेलको बिचमा पानी परेपछि प्रदेश नं. ७ ले डिएल मेथड अनुसार ३७ ओभरमा ३०५ रनको लक्ष्य पाएको थियो ।

अर्जुन ऐरीले ७० रन हान्नु बाहेक प्रदेश नं. ७ का कुनै पनि खेलाडिले सम्झन लाएक रन हानेनन् । ८८ बल खेलेका उनले ५ छक्का र ३ चौका हानेका थिए । पुलिसको जितका लागि दिपेन्द्र ऐरी र सुनिल धमलाको विशेष योगदान रह्यो । ऐरीले मात्र १९ रन खर्चेर ४ विकेट लिए भने धमलाले ८३ रन प्रहार गरे ११३ बल खेलेका उनले ९ चौका हानेका थिए । त्यस्तै प्रदेश नं. ७ का लागि शेर मल्लले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले ६ विकेटको क्षतिमा ३२४ रनको विशाल योगफल तयार पारेको थियो । पुलिसका लागि आरिफ शेखले आक्रामक अर्ध सतकिय पारी खेले । ३७ बल खेलेका उनले ५ छक्का र २ चौकाको मद्दतले ५७ रन जोडे ।

त्यस्तै मुलपानी खेल मैदानमा भएको खेलमा प्रदेश नं. २ प्रदेश नं. १ सँग ६८ रनले पराजित भएको छ । २२४ रनको लक्ष्य पछ्याएको प्रदेश नं. २ ले सबै विकेट गुमाएर १४५ रन मात्र बनाउन सक्यो । डिएल मेथड अनुसार ३४ ओभरमा २१४ रनको लक्ष्य पाएको प्रदेश नं. २ ३० ओभर समेटियो । हरिशंकर शाहले ४४ , राहुल प्रताप सिंहले २२ र कुन्दन सिंहले १६ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रदेश नं. १ का लागि पुस्प थापा र मिनस थापाले ३÷३ विकेट लिए । यस अघि ब्याटिङ गरेको प्रदेश नं. १ ले सात विकेटको क्षतिमा २२३ रन बनाएको थियो । प्रदेश नं. १ का लागि सन्दीप ढुङ्गानाले ५१(६९) , फिर्दोश अन्सारीले ३७ र सरनबले ३६ रन बनाएका थिए ।
हिज भएको खेलमा प्रदेश नं. ४ विभागीय टोलि सशस्त्र प्रहरी बल (एपीएफ) सँग हार व्यहोरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
सोलमा अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यास सुरु, उत्तर कोरियासँगको वार्ता भाँडिने चिन्ता
सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु
सरकारको साझा नीति तथा कार्यक्रम सार्वजनीकिकरण सुरु
बालविवाहमुक्त वडा घोषणा
बालविवाहमुक्त वडा घोषणा
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
कानुन विपरित चलेको समता स्कुल खारेज हुने
कानुन विपरित चलेको समता स्कुल खारेज हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
विवेकशिल नेपाली र साझा पार्टीबीच भोली पार्टी एकता हुने
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
बाढीपहिरो पीडितलाई राहतकाे प्रबन्ध गर्न सरकारकाे ध्यानाकर्षण !
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?