आज प्रतिवेदन पारित होला? पार्टी एकता संयोजन समितिको वैठक
सारांश
- काठमाडौं २२ चैत – एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बिहीबार बस्दैछ ।
- प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
- दुवै पार्टीका कार्यदलका संयोजकले बैशाख ९ मा पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरिसकेको छ ।
काठमाडौं २२ चैत – एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बैठकमा एकता संयोजन समितिले तयार पारेको दुईवटा प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।
दुवै पार्टीका कार्यदलका संयोजकले बैशाख ९ मा पार्टी एकताको घोषणा गर्न शीर्ष नेतालाई सिफारिस गरिसकेको छ । आजको वैठकले एकताका लागि तयार गरिएको प्रतिवेदन पारित गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।
अन्य विषयमा कुरा मिलिसकेपछि पार्टीभित्र पदको भागवण्डा मिलाउन पार्टी अध्यक्षहरुलाई हम्मे परेको देखिएको छ । कार्यकर्तालाई व्यवस्थित गर्न गाह्रो भएको नेताहरुले बताउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेकाले आएपछि एकता गर्नेगरी छलफल हुन लागेको हो । दुवै पार्टीका नेताले एकअर्काको सम्मान अनुभव हुने गरी एकता गरिने बताउँदै आएका छन् ।
प्रतिक्रिया