२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
३४ पटक हेरिएको
Shares
२४ करोड बढीको रङ्गशालाको शिलान्यास गरे सभामुख महराले

सारांश

  • दाङ, ९ साउन ।
  • सभामुख कृष्णबहादुर महराले दाङको बेलझुण्डीमा खेलकुद रङ्गशालाको शिलान्यास गरेका छन् ।
  • राष्ट्रिय खेलकुद परिषद्को २४ करोडभन्दा बढी लागतमा “बेलझुण्डी एथलेटिक्स ट्रयाक एण्ड फिल्ड निर्माण” कार्यको सभामुख महराले शिलान्यास गरेका हुन् ।

दाङ, ९ साउन । सभामुख कृष्णबहादुर महराले दाङको बेलझुण्डीमा खेलकुद रङ्गशालाको शिलान्यास गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को २४ करोडभन्दा बढी लागतमा “बेलझुण्डी एथलेटिक्स ट्रयाक एण्ड फिल्ड निर्माण” कार्यको सभामुख महराले शिलान्यास गरेका हुन् ।

रंगशालाको शिलान्यास गर्दै सभामुख महराले नेपाललाई खेलकुदको केन्द्र बनाउन सकिने बताउँदै भने, “नेपाललाई खेलकुदकै केन्द्र बनाउन सकिन्छ । यहाँ खेलको निकै सम्भावना छ । हामी यस दिशातर्फ पनि अघि बढ्नुपर्छ ।” दाङको तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटीको रुपमा घोषणा गरिएको भन्दै सभामुख महराले देशका धेरै शहरलाई खेलकुद शहरको रुपमा विकास गर्न सकिने उल्लेख गरे । रङ्गशाला उदघाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित खेल क्षेत्रसँग सम्बन्धित अन्य निकायका प्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आगामी मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा आफूहरु रहेको भन्दै शिलान्यास गरिएको रङ्गशालामा प्रतियोगिताको समापन आयोजना गरिने जाकारी दिए ।

खेलकुद रङ्गशालामा सेन्थेटिक एथलेटिक्स ट्रयाक, फुटबल मैदान, नाली, भिआइपी प्याराफिट, खेलाडी चेञ्जिङ रुम, बैठक कक्ष, भिआइपी र मिडिया घर र साधारण प्याराफिट निर्माण हुनेछन् । ८ महिनामा काम सक्नेगरी शिलान्यास गरिएको उक्त रङ्गशाला निर्माण गर्ने जिम्मेवारी काठमाडौंको एक कम्पनीले पाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?