पेरिसमा भेटियो ७२० वटा लिंग भएको अनौठो जीव

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ४, २०७६
|
|
३३ पटक हेरिएको
Shares
पेरिसमा भेटियो ७२० वटा लिंग भएको अनौठो जीव

सारांश

  • पेरिस चिडियाखानामा अनौठो प्रकारको जीव फेला परेको छ ।
  • यो जीव आफैमा एक अद्भुत रहेको जनाइएको छ ।
  • आफ्नो शरीरमा केहि असामान्य गतिविधि हुँदा आफै निको पर्ने क्षमता राख्ने यो जीवको ७२० ओटा लिंग समेत रहेको छ ।

पेरिस चिडियाखानामा अनौठो प्रकारको जीव फेला परेको छ । यो जीव आफैमा एक अद्भुत रहेको जनाइएको छ । आफ्नो शरीरमा केहि असामान्य गतिविधि हुँदा आफै निको पर्ने क्षमता राख्ने यो जीवको ७२० ओटा लिंग समेत रहेको छ । चहकिलो पहेंलो रंग भएको यो जीवले १ घण्टामा करिब ४ सेन्टी मिटरको दुरी तय गर्छ ।

अद्भुत क्षमता भएको यो जीवको बुद्धि भने नभएको जनाइएको छ । यो जीवको शरीरलाई दुई भाग गर्दा पनि आफै निको पार्छ । यो अनौठो खालको जीवको नाम खिसी रहेको छ । यस जीवको दुर्लभ क्षमताका कारण पेरिस जूलोजिकल पार्कमा प्रदर्शनी समेत गरिएको थियो । आधिकारिक रूपमा फिजेरम पोलीसेफल्म भनेर यस जीवलाई चिनिन्छ । यसको भाले वा पोथी नभएर करिब ७२० ओटा लिङ्ग भएको कारण यसलाई बोटबिरुवा, जनावर र ढुसी केहिमा समावेश गर्न नमिलेको जनाइएको छ ।

यो जीवले वातावरण परिवर्तनमा धेरै ठुलो भूमिका खेल्ने जनाइएको छ । बबूलका रूखहरू, ओकको बोक्रा र चेस्टनट बार्क यो जीवको मनपर्ने स्थानहरू हुन् । सामान्यतया यो जीवलाई युरोपी जङ्गलको भुईहरुमा भेटिन्छ । यो जीव १९ र २५ डिग्री सेल्सियस बीचको तापक्रममा फस्टाउँछ । जूलोगिकल पार्कको प्रेसका अनुसार उक्त जीव लगभग अमर हुने समेत जनाइएको छ । प्रकाश र खडेरीहरुलाई यसको शत्रु मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना रोक्न राडार गन प्रयोग
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
एनजिओ बनेका यातायात समितिले राज्यलाई एक रुपियाँ पनि कर तिर्दैनन्
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
शहीदको बलिदानीबाट अहिलेको व्यवस्था स्थापित भएको हो : मुख्यमन्त्री गिरी
महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित
महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग माल्दिभ्स पराजित
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिट ’हेर्दाहेर्दै‘मा
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
मतपेटिकाको सुरक्षा : रातमा पुरुष, दिनमा महिला
सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सुरुवात
सिएमी अन्तर वडा मेयर कपमा १० नम्बर वडाको विजयी सुरुवात
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
बाबुरामको प्रचार सामाग्री र १ लाख नगदसहित ५ कार्यकर्ता पक्राउ
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने
माओवादीले समानुपातिक सांसद नदोहोर्‍याउने

तपाईंले छुटाउनुभयो कि?