प्रदेश ४ को नामको लागि चार वटा नाम सिफारिश

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
प्रदेश ४ को नामको लागि  चार वटा नाम सिफारिश

सारांश

  • पोखरा , २१ जेठ ।
  • प्रदेश ४ को स्थायी राजधानी पोखरामा रहने निश्चित भएको छ ।
  • प्रदेश राजधानी तथा नामांकन विषयक समितिले सोमबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्दै प्रदेशको नामांकन विषयमा प्राथमिकताका आधारमा विभिन्न ४ वटा नाम पनि सिफारिश गरेको छ।

पोखरा , २१ जेठ । प्रदेश ४ को स्थायी राजधानी पोखरामा रहने निश्चित भएको छ ।

प्रदेश राजधानी तथा नामांकन विषयक समितिले सोमबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्दै प्रदेशको नामांकन विषयमा प्राथमिकताका आधारमा विभिन्न ४ वटा नाम पनि सिफारिश गरेको छ।

समितिका सभापति (ज्येष्ठ सदस्य) बिन्दुकुमार थापाले विभिन्न क्षेत्रबाट संकलित रायसुझावका आधारमा राजधानी र नामांकन विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । राजनीतिक दल, संघसंस्था, विद्धान, आम नागरिक, प्रदेशको समृद्धि र उन्नती चाहने सबैको रायसुझाव र समितिका सदस्यबाट स्थलगत रायसुझावलाई आधार मानि प्रदेशको राजधानी पोखरा तोक्न सिफारिश गरिएको हाे ।

त्यसैगरी प्रदेशको नाम प्राथमिकताको आधारमा पहिलो गण्डकी, दोस्रो तमुवान मगराँत, तेस्रो गोरखा र चौथो धौलागिरी सिफारिश गर्दै समितिले संवैधानिक व्यवस्था बमोजिम निर्णय हुन उपयुक्त देखिने जनाएको छ । साथै राजनीतिक दलबाट प्राप्त सुझावका आधारमा भने राजधानी पोखरा र प्रदेशको नाम गण्डकी राख्न समितिले सिफारिश गरेको छ । संविधानको धारा २८८ उपधारा २ बमोजिम प्रदेशको राजधानी सम्बन्धित प्रदेश सभामा तत्काल कामय रहेका सदस्यको दुई तिहाई बहुमतबाट निर्णय हुनुपर्ने व्यवस्था छ । त्यसैगरी धारा २९५ उपधारा २ बमोजिम प्रदेशको नामकरण प्रदेशसभाको सम्पूर्ण सदस्यको दुई तिहाई बहुमतबाट हुने व्यवस्था छ ।

सुझाव संकलनमा सहभागीमध्ये ९३।८७ प्रतिशत्‌ले राजधानी पोखरा राख्न सुझाएका थिए । साथै ३।९९ प्रतिशत्‌ले गोरखा र अन्य स्थानकालागि २।१३ प्रतिशत्‌ले सुझाव दिएका थिए । ११ जिल्लाबाटै प्रदेश राजधानी पोखरा रहनुपर्नेमा एकमत रहेको थापाले बताए । राजनीतिकरुपमा पनि पोखराको विरोध भएको छैन ।

यसैगरी प्रदेशको नामकरण विषयमा ४५.४० प्रतिशतले गण्डकी ३४.१२ ले तमुवान मगराँत, ९.४५ ले गोरखा र २.८९ प्रतिशत्‌ले धौलागिरी राख्नुपर्ने सुझाव दिएकाका आधारमा चारै नाम सिफारिश गरेको हो । ११ मध्ये ८ जिल्लाबाट गण्डकी र तीन जिल्लाबाट तमुवान मगराँतको माग आएको थियो । प्रदेशको नाम हिमाल, अन्नपूर्ण र माछापूच्छ्रे लगायत राख्नुपर्ने सुझाव पनि आएको थियो ।

गत चैत १२ को प्रदेशसभाको बाह्रौ बैठकबाट समितिको गठन भएको थियो । एक महिनाको अवधि रहे पनि दुईपटक गरी ४० दिनको समय थपिएको थियो । समितिले प्रदेशका ११ वटै जिल्ला पुगी जनप्रतिनिधि, संघसंसस्था, आम नागरिक, पत्रकार, उद्योगी, व्यवसायी र कानुन व्यवसायीलगायतसंग अन्तरक्रिया र रायसुझाव लिएको थियो । साथै विज्ञको समेत सहयोग लिएको थियो ।

समितिमा थापासहित कृष्ण थापा, चन्द्रबहादुर बुढा, दीपक कोइराला, धनन्जय दवाडी, भगवत्प्रकाश मल्ल, मधुमाया अधिकारी गुरुङ, मिनप्रसाद गुरुङ, सरीता गुरुङ, सावित्रा राना र हरिशरण आचार्य सदस्य थिए । रायसुझाव संकलन गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने म्यान्डेट समितिलाई दिइएको थियो । राजधानीमा विवाद नभए पनि नामाकरणका विषयमा भने जातिय आधारमा नामाकंन हुनु पर्ने र त्यसको बिरोधमा आवाजहरु उठिरहेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Shiva Pd Mishra

    गण्डकी उपयूक्त

    Comment Author

    Banshi Thakuri

    Magar ra gurunko matra pewa hor no. 4 prades tamuwan magarat prades rakhn lai

    Comment Author

    Shyam Shrestha

    Gandaki hunuparxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ