पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
पोखरा महानगरमा यस्तो छ पछिल्लो मतपरिणाम

सारांश

  • पोखरा, ४ जेठ ।
  • पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ ।
  • पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् ।

पोखरा, ४ जेठ । पोखरा महानगरपालिकामा मतगणना र अद्यावधिक हुनेक्रम जारी नै छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २ हजार ३५ मतान्तरले अग्रता लिइरहेका छन् ।

गठबन्धनका साझा उम्मेदवार आचार्यले १६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले १४ हजार ३८४ मत ल्याएका छन् । राप्रपाका शंकर खरालले १६ सय २१ मत प्राप्त गरेका छन् ।

महानगरको उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । उनले १६ हजार ६६५ मत ल्याएकी छिन् भने उनलाई पछ्याउदै एमालेकी मञ्जुदेवी गुरुङले १६ हजार ३९८ मत ल्याएकी छिन् । राप्रपाकी रन्जना कुमारी सेन पौडेलले १३ सय ७५ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?