देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
सारांश
- काठमाडौंं, ११ माघ ।
- नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरु एमालेमा प्रवेश गर्न नभई दुई पार्टीबीच एकता गर्न खोजेको प्रष्ट पारेका छन् ।
- एमाले नेताहरुले केपी शर्मा ओली नै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले उनले आफूहरु एमालेमा प्रवेश नगर्ने बताएका हुन् ।
काठमाडौंं, ११ माघ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरु एमालेमा प्रवेश गर्न नभई दुई पार्टीबीच एकता गर्न खोजेको प्रष्ट पारेका छन् ।
एमाले नेताहरुले केपी शर्मा ओली नै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्ने सार्वजनिक अभिव्यक्ति दिइरहेको भन्दै उनले उनले आफूहरु एमालेमा प्रवेश नगर्ने बताएका हुन् ।
दुई पार्टी एकीकरणको प्रयास धेरै अगाडी बढीसक्दा पनि जिम्मेवार नेताहरुले सार्वजनिक रुपमा वैचारिक र संगठनात्मक व्यवस्थाका विषयमा अनावश्यक बोलिरहेको भन्दै उनले शीर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्ने बताए ।
नेता पौडेलले दुवै पार्टीका कार्यकर्ताले अपनत्व महसुस गर्नेगरी पार्टी एकता हुनुपर्नेमा जोड दिए । नेतृत्वको व्यवस्थापन पनि त्यसैगरी हुनुपर्नेमा उनको जोड छ ।
‘सरकारको नेतृत्व र शिर्ष नेताहरुको व्यवस्थापन सम्मानजनक हुनुपर्छ’ नेता पौडेलले भने, ‘सबै संगठनात्मक संरचनाहरु, जनवर्गिय संगठनहरु सबैमा सम्मानजनक एकता हुनुपर्छ । दुबै पार्टीको फरक धरातल र अस्तित्व रहेको दुबैले स्विकार गरिसकेको अवस्थामा यसलाई भड्काउने खालका अभिव्यक्ति आउनुहुन्न ।’
हिजो मात्रै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरधन राईले एमाले–माओवादी केन्द्रबीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताएका थिए ।
KN Regmi
Kuri kuri
Durga Aryal
ताइ न तुइको घमण्ड