हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका

सारांश

  • काठमाडौं।
  • मार्भल फिल्म एभेन्जर इन्ड गेमलाई लिएर दर्शकमा निकै चासो छ ।
  • यतिबेला अर्को चासो बनेको छ प्रियंका चोपडा सुपरहिरो हुने विषय ।
काठमाडौं। मार्भल फिल्म एभेन्जर इन्ड गेमलाई लिएर दर्शकमा निकै चासो छ । यतिबेला अर्को चासो बनेको छ प्रियंका चोपडा सुपरहिरो हुने विषय । भारतीय मिडियाका अनुसार प्रियंका चोपडाले मार्भल सिरिजको एक फिल्ममा सुपरहिरोको भूमिका निभाउने सम्भावना छ ।
यो फिल्मका लागि भारतका म्युजिक निर्देशक ए आर रहमानले हिन्दी भर्सनका लागि गीत तयार गर्दै गरेको पनि बताइएको छ । फिल्मका निर्देशक जो रुसोले भारत आएका बेला रहमानलाई भेट गरेका थिए । योसँगै खबर आएको छ कि, निर्देशक रुसोले बलिउड अभिनेत्री प्रियंका चोपडालाई पनि एक कन्ट्रयाक साइन गर्दैछन् । रुसोले प्रियंका चोपडासँग कुरा गरिरहेको भारतीय मिडियाले लेखेका छन् ।
प्रियंकाले फिल्ममा काम गर्ने सम्भावना बढी भएको बताइएको छ । रुसोले एक कार्यक्रममा प्रियंकासँग काम गर्ने रहर भएको पनि खुलासा गरेका थिए । मार्भलको कुनै एउटा सुपरहिरो फिल्ममा प्रियंकाले अभिनय गर्न सक्ने बताइएको छ ।
यदि यस्तो भयो भने यो भारतीय दर्शकका लागि पनि खुशीको कुरा हुनेछ । नेपालमा भएका प्रियंकाका फ्यानका लागि पनि खुशीको विषय हुनेछ । हालै मार्भलले आफ्नो कमिक बूकको सुपरहिरो कमाला खानको स्किृनमा ल्याउने बताएको थियो । त्यतिबेला मार्भलका फ्यानले प्रियंका चोपडालाई सिफारिस गरेका थिए ।

 

Virus-free. www.avast.com

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?