प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रकाश दाहालको निधनमा कसले के सोक सन्देश ट्वीट गरे ?

सारांश

  • काठमाडौं— पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
  •  प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।
  • https://twitter.

काठमाडौं— पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशको निधनको प्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक पार्टीका नेताहरु एवं सर्वसाधारणले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिवंगत अात्मप्रति श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।

https://twitter.com/PM_Nepal/status/932105197962149888

‘पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छुु’,देउवाले भनेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रकाशको असामयिक निधनको खबरले मर्माहत बनाएको उल्लेख गरेका छन्।

राप्रपा अध्यक्ष कमल थापाले प्रकाशलाई असल मानिसको रुपमा स्मरण गर्दै उनको निधनले स्तब्ध भएको जनाएका छन्। ‘पूर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु। व्यक्तिगतरुपमा उनि असल मानिस थिए। दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु’, उनले भनेका छन्, ‘प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन्। हार्दिक समवेदना !’

यसैगरी काँग्रेस नेता विमलेन्द्र निधिले प्रकाशको अल्पायुमै भएको निधनबाट अाफू मर्माहत भएको जनाएका छन्।

एमाले सचिव योगेश भट्टराई प्रकाशको निधनबाट दाहाल परिवारमा पर्न गएको पीडाप्रति समवेदना प्रकट गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

काँग्रेस नेता एवं पूर्व सभामुख दमननाथ ढुंगानाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अत्यन्त असामयिक पुत्रशोक परेकोमा दुःख व्यक्त गरेका छन्।

यसैगरी काँग्रेस नेता गगन थापाले प्रकाशको निधनमा श्रद्धाञ्जली तथा दाहाल परिवारप्रति समवेदना प्रकट गरेका छन्।

यसैगरी महेश बस्नेत ले लेखेका छन :

बाबुरम भट्टराईले:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?