वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

सारांश

  • काठमाडौ ।
  • केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए ।
  • गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे ।

काठमाडौ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले रु ३४ लाख गुमाए । गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक–पटक ह्वाट्सएपबाट माग गरे । पीडितले कागजात पठाए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उरीक्षक रवीन्द्र रेग्मीले भने, “उक्त कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरुका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटियो ।” उनका अनुसार त्यस घटनामा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद साह संलग्न भएको पाइयो । उनीहरु अहिले कानुनी कारबाहीको दायरामा छन् । दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले रु ११ लाख गुमाए । आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै रु ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक रु दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो । यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन् । यी घटनाहरु पछिल्ला एक साताका हुन् । यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ । सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन् । वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरु छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो ।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैैदेशिक रोजगारीका नाममा दैनिक जसो नै मानिसहरु ठगिएका घटनाहरु देखिएको बताउछन् । उनले यो क्रम विगतका वर्षहरुभन्दा बढ्दो क्रममा रहेको देखिएको बताए । अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रुपमा बढिरहहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ । यसतर्फ प्रथमतः नागरिक आफैँ सचेत हुनुपर्नेमा जोड दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशैभर जोडियो निःशुल्क इन्टरनेट
देशैभर जोडियो निःशुल्क इन्टरनेट
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
ग्लोबल टी–२०ः डेब्यु खेलमै सोमपालको महंगो बलिङ, विन्नीपेगको लगातार दोस्रो हार
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
समय बुझ्न नसक्दा पराजय:चन्द्र भण्डारी कांग्रेस केन्द्रीय सदस्य
माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड
माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ : प्रचण्ड
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
कोविड–१९’ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
ओली र प्रचण्डद्वारा फागुन २५ भित्रै प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश
नेपाल बंगलादेश बैंकको साढे १० प्रतिशत नगद लाभांश
काठमाडौँ १० मा कांग्रेसका राजन केसी अग्रस्थानमा
काठमाडौँ १० मा कांग्रेसका राजन केसी अग्रस्थानमा
राजकुमारीकाे पद त्यागेर प्रेमीसँग विवाह !
राजकुमारीकाे पद त्यागेर प्रेमीसँग विवाह !

तपाईंले छुटाउनुभयो कि?