बाओको अध्यक्षमा बान की मुन निर्वाचित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बाओको अध्यक्षमा बान की मुन निर्वाचित

सारांश

  • बाओ, चीन, २६ चैत ।
  •   बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित हुनुभएको छ ।
  • सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गर्नुभएको हो ।

बाओ, चीन, २६ चैत ।  बाओ फोरम फर एसिया (बिएफए) को अध्यक्षमा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान की मुन निर्वाचित हुनुभएको छ ।

सोमबार चीनमा भएको निर्वाचनबाट मुनले जापानका पू्र्व प्रधानमन्त्री यासु फुकुदालाई विस्थापित गर्नुभएको हो । फुकुदा यसअघि अध्यक्ष हुनुहुन्थ्यो ।

चीनका उपविदेशमन्त्री लि बाओडोङ सो फोरमको महासचिवमा नियुक्त हुनुभएको अधिकारीहरुले जनाएका छन् ।

उहाँहरुसँगै बिएफएको बोर्ड सदस्यमा १९ जना निर्वाचित भएका छन् । निर्वाचित अन्य व्यक्ति पनि विश्वकै र एसियामै प्रभावशाली पूर्व सरकारी उच्च अधिकारीहरु, व्यवसायीक नेताहरु र प्रख्यात तथा प्रतिष्ठित व्यक्तिहरु रहेका छन् ।
बिएफए सन् २००१ मा स्थापना भएको गैरसरकारी र गैर नाफामूलक अन्तर्राष्ट्रिय संस्था हो । जसले क्षेत्रीय अर्थतन्त्र सुधार र विकासका लक्ष्य पूरा गर्नका लागि एसियाली देशहरुलाई सघाउने गर्दछ

यस वर्षको बिएफएको सम्मेलन यही अप्रिल ८ देखि ११ सम्म चीनको बाओमा चलिरहेको छ । बाओ चीनको दक्षिण द्विप प्रान्त हैनान सहर हो ।

यो सम्मेलनको यस पटकको मूलनारा “विश्वकै समृद्धिका लागि खुल्ला र नविन एसिया” रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?