बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
बयान गरि साध्य छैन, नाइजेरियामा सर्पले दिने दुख

सारांश

  • अफ्रिकी राष्ट्र नाइजेरियाका ग्रामिण भेगका मानिसका लागि सबै मौसम खतरनाक नै हुन्छ ।
  • तर, बर्षाको मौसम त उनीहरुको लागि झन काटनै गाह्रो ।
  • वर्षा मौसममा शिकार खोज्नका साथै बच्चा पाउनका लागि सर्प आफनो बासस्थान बाट निस्कन्छन जस्को प्रत्यक्ष असर किसानहरुमाथि पर्ने गरेको छ ।

अफ्रिकी राष्ट्र नाइजेरियाका ग्रामिण भेगका मानिसका लागि सबै मौसम खतरनाक नै हुन्छ । तर, बर्षाको मौसम त उनीहरुको लागि झन काटनै गाह्रो । वर्षा मौसममा शिकार खोज्नका साथै बच्चा पाउनका लागि सर्प आफनो बासस्थान बाट निस्कन्छन जस्को प्रत्यक्ष असर किसानहरुमाथि पर्ने गरेको छ । पछिल्लो तीन सातामा त्यहाँ विषालु सर्पको टोकाईबाट २ सय ५० जनाको मृत्यु भइसकेको छ । यो संख्या नाइजेरियाको मध्यमा पर्ने गोम्बु र प्लेचुमा मात्रैको हो । देशभरीको कुरा गर्दा मृत्यु हुनेको संख्या अझ धेरै छ । यो क्षेत्रमा सर्पको टाकोईबाट वर्षेणी ३२ हजार भन्दा बढीको ज्यान गरेको त्थ्याँक छ । अधिकाँश मृत्यु ब्ल्याक माम्बा र कार्पेट भाइपरको टोकाईका कारण हुने गरेको देखिएको छ । सर्पको टोकाईका कारण वर्षेणी एक लाखभन्दा बढी मानिस अपांग हुने गरेका छन । यसरी अपाँग हुनेमा अधिकाँशको अवस्था अत्यन्तै दयनीय छ ।
सर्पको टोकाईको कारण हुने मृत्युले त्यहाँ राष्ट्रिय समस्याको रुप लिइसकेको छ । तर, सरकार भने यसको रोकथाम र उपचारका लागि गम्भिर छैन ।सर्पदंशबाट प्रभावित हुनेमा अधिकाँश ग्रामिण भेगका गरिब किसान भएकोले समस्या समाधानमा संबन्धित पक्षको ध्यान नगएको सर्वसाधारणले गुनासो छ । ग्रामिण भेगमा सर्पदंश उपचार केन्द्रको अभाव छ र अन्ततः उनीहरु धामीका जाने गरेका छन । नाइजेरियाको स्थानीय भाषामा धामीलाई चिपाउक्स भन्ने गरिएको छ । तर, जानकारी बिनाका यी चिपाउक्सका कारण पनि हजारौंले अनाहकमा ज्यान गुमाउनु परेको छ । सर्पदंश बारे जनमानसमा पर्याप्त जानकारी नहँदा पनि मृत्यु हुनेको संख्या यति धेरै भएको विज्ञहरुको भनाई छ ।

 

नाइजेरियामा भएका अस्पतालहरुमा समेत सर्पदंशको उपचारका लागि चिकित्स र नर्सहरुलाई त्यती बढी तालिम दिइएको छैन । सर्पदंशले विकराल रुप लिई सकेपछि अहिले विश्व स्वास्थ्य संगठन डब्लु एच ओ ले विशेष योजना बनाइरहेको छ । तर, नाइजेरिया सरकार भने महामारीकै रुप लिएको सर्पदंश नियन्त्रणका लागि कुनै ठोस कदलम अझै चालेको देखिदैन ।।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?