भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
१९ पटक हेरिएको
Shares
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन

सारांश

  • काठमाडाै, २१ कात्तिक।
  •   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो ।
  • भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दूधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए ।

काठमाडाै, २१ कात्तिक।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको हो । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दूधजन्य खाद्य बस्तु गुणस्तरहिन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिए ।

तिहारमा अत्याधिक बिक्री वितरण हुने काठमाडौंको मिठाई पसल अनुगमनको कामलाई तीब्रता दिँदै आएको विभागले बुधबार अत्याधिक बिक्री वितरण हुने महाराजगंजस्थित भाटभटेनी सुपरमार्केटको खाद्य स्टोरको खाद्य बस्तुको पनि परिक्षण गरेको हो । परिक्षणमा दूधजन्य बस्तु गुणस्तरहिन पाइएको थियो । यसैगरी विभागले बुधबार तीन वटा मिठाई पसलमा पनि अनुगमन गरेको छ । महाराजगंजस्थित टिपटप मिठाई पसल र गौशालास्थित अन्नपूर्ण मिठाई भण्डार र व्यञ्जन मिष्ठान भण्डारको पनि अनुगमन गरेको हो । अनुगमनका क्रममा तीन वटै मिठाई पसलमा तेलको गुणस्तरमा सुधार गर्न सचेत गराइएको छ । रङको प्रयोग सन्तोषजनक रहेको पाइएपनि खाद्य बस्तुमा तेलको गुणस्तरमा सुधार ल्याउन पनि मिठाई पसलहरुलाई सचेत गराइएको पनि विभागका महानिर्देशक कर्णले बताए ।

मंगलबार काठमाडौंको थापाथली र कमलादीमा रहेको २ वटा मिठाई पसलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसी नेतृत्वको उच्चस्तरीय टोलीले अनुगमन गरी गुणस्तर हेरेर मात्रै मिठाइ लगायतका खाद्य बस्तु खरिद गर्न पनि आम उपभोक्तालाई सचेत गराएको थियो ।सरकारले खाद्य स्वच्छता अभियान अन्तरगत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा काठमाडौंलगायत देशका मुख्यमुख्य सहरमा बजार अनुगमनको कामलाई निरन्तरता दिँदै आएको छ । सरकारले विगत २ महिनायता तरकारी, दूध, मासु, खानेपानी, तेल लगायतका दैनिक उपभोग्य खाद्य बस्तुको बजार अनुगमन गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादकहरुको कारखानामा शिलबन्दी समेत गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?