प्रचण्ड र ओलीको गम्भिर मन्थन, दुवैले गरे आत्मालोचना
सारांश
- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले बुधबार बालुवाटारमा बसेर गहिरो मन्थन गरे ।
- दुई नेताबीच सम्बन्ध बिग्रिएको र एक अर्कालाई असफल बनाउन सक्रिय भएको सन्देश प्रवाह भइरहँदा भएको भेटमा विगतका कमी कमजोरीबारे समेत छलपलल भएको छ ।
- प्रधानमन्त्री निकट स्रोतका अनुसार दुवै नेताले आफूहरुबाट भएका कमी कमजोरीको आत्मालोचना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले बुधबार बालुवाटारमा बसेर गहिरो मन्थन गरे । दुई नेताबीच सम्बन्ध बिग्रिएको र एक अर्कालाई असफल बनाउन सक्रिय भएको सन्देश प्रवाह भइरहँदा भएको भेटमा विगतका कमी कमजोरीबारे समेत छलपलल भएको छ ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार दुवै नेताले आफूहरुबाट भएका कमी कमजोरीको आत्मालोचना गरेका छन् । दुवैले गल्ती स्वीकार्दै आगामी दिनमा मिलेर जाने सहमति गरेका छन् । पछिल्लो समय ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमतिको विषयले राजनीतिक तापक्रम बढेको छ । सहमतिबारे नेकपाका नेताहरुले भिन्न भिन्न प्रतिक्रिया दिइरहेका छन् ।
यसले नेकपाभित्र अन्यौल र असहमतिको खाडल बढेर गएको छ । दुवै नेताले यस्तो अवस्था आउन नदिन तत्काल कदम चाल्ने सहमति समेत गरेका छन् । नेकपा एकीकरणका बखत भएका सहमति कार्यान्वयनमा ओली र प्रचण्ड सक्रिय हुने भएका छन् । प्रचण्डले पार्टीको नियमित बैठक नबस्दा समस्या आएको विषय उठाएको बुझिएको छ ।
जवाफमा ओलीले बैठकहरु नियमित गर्ने बताएका थिए । सहमति अनुसार मन्त्रिमण्डल पुर्नगठनको विषय समेतमा छलफल भएको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार दुवै नेता छिट्टै मन्त्रिमण्डल पुर्नगठनमा सहमत भएका छन् । असार सकिएर नयाँ आर्थिक वर्ष शुरु भएलगत्तै मन्त्रिमण्डलमा हेरफेर हुने भएको छ ।
प्रतिक्रिया