पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १४, २०७५
|
|
३० पटक हेरिएको
Shares
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता

सारांश

  • काठमाडौँ, १४ कात्तिक ।
  • पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानी रहेको चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ ।
  • बुधबार भएको खेलमा धनगढी ब्लुजलाई १ सय २६ रनको विशाल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

काठमाडौँ, १४ कात्तिक । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा पारस खड्काको कप्तानी रहेको चितवन राइनोजले पहिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा धनगढी ब्लुजलाई १ सय २६ रनको विशाल अन्तरले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । धनगढीको कप्तानी दिपेन्द्र सिँह ऐरीले गरिरहेका छन् ।

१ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढी १६ दशमलब २ ओभरमा मात्र ६७ रन बनाएर अलआउट भएपछि चितवनले खेल १ सय २६ रनले जितेको हो । धनगढीका लागि पिटर ट्रेगोले २७ तथा योगेन्द्र सिँह कार्कीले १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । चितवनका सनी पटेलले ४ तथा बिपिन कार्की तथा स्मित पटेलले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ रन बनाएको थियो । चितवनका लागि हरिशंकर शाहले सर्वाधिक ५३ रन बनाए । ३३ बलको सामना गरेका उनले ३ छक्का र ३ चौका प्रहार गरेका थिए । त्यस्तै अनिल कुमार शाहले ३७, सनी पटेलले २६, स्मित पटेलले २४ तथा कप्तान पारस खड्काले १९ रन बनाए । धनगढीका कप्तान दिपेन्द्र सिँह ऐरी, मन्जित श्रेष्ठ, योगेन्द्र सिँह कार्की र डेविड ल्वरेन्सले समान १–१ विकेट लिए ।

बुधबारकै अर्को खेलमा बुटवल ब्लास्टर्स र विराटनगर टाइटन खेल्दैछन् र प्रतियोगितामा बुटवलको अपराजित यात्रा जारी छ भने विराटनगरले एक खेल पनि जित्न सकेको छैन । आजको खेल हारेको खण्डमा विराटनगर प्रतियोगिताबाट स्वत बाहिरिनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?