सही पार्टीका असल नेता सत्तामा पुगेमात्र देशको समृद्धि सम्भव : नेता भट्टराई
सारांश
- नेकपा (एमाले ) का नेता निर्मल भट्टराईले सहि पार्टीका असल नेता सत्तामा पुर्याउन सके मात्र देशमा आर्थिक समृद्धि सम्भव रहेकोे बताउनु भएको छ ।
- आज मध्यपुरमा आयोजित एक सभामा उहाँले बामपंथी प्रधानमन्त्रीहरुले देशको सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्नुभएको समेत औल्याउँदै बाम गठबंधनको सत्ता नेपालमा अपरिहार्य रहेको बताउनु भयो ।
- कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेत र प्रदेश सभा उमेदवार राजेन्द्रमान श्रेष्ठले आफ्ना प्रतिबद्धता जनसमक्ष प्रस्तुत गर्नु भयेको थियोे ।
नेकपा (एमाले ) का नेता निर्मल भट्टराईले सहि पार्टीका असल नेता सत्तामा पुर्याउन सके मात्र देशमा आर्थिक समृद्धि सम्भव रहेकोे बताउनु भएको छ । आज मध्यपुरमा आयोजित एक सभामा उहाँले बामपंथी प्रधानमन्त्रीहरुले देशको सामाजिक रुपान्तरणमा महत्त्वपूर्ण योगदान गर्नुभएको समेत औल्याउँदै बाम गठबंधनको सत्ता नेपालमा अपरिहार्य रहेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेदवार महेश बस्नेत र प्रदेश सभा उमेदवार राजेन्द्रमान श्रेष्ठले आफ्ना प्रतिबद्धता जनसमक्ष प्रस्तुत गर्नु भयेको थियोे ।
उक्त सभामा एमाले नेताहरू राजेन्द्र राजथला, केदार सन्जेल , मेयर मदन सुन्दर श्रेष्ठ , रास्ट्र सम्सेर थापा लगायत ले आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
यसै बीच मध्यपुर काङ्ग्रेसका लोकप्रिय नेता सानु काजी राजवाहक आफ्ना ५२ कार्यकर्ता सहित एमाले प्रवेश गरेका छन् । उनलाई उम्मेदवार महेश बस्नेतले खादा टीका लगाइ पार्टीमा स्वागत गर्नुभएको थियोे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया