प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रजातन्त्रलाई जीवनपद्धति बनाऔँः मुख्यमन्त्री गुरुङ

सारांश

  • कास्की, ७ फागुन ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
  • शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

कास्की, ७ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै यसलाई जीवनपद्धति बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

मुख्यमन्त्री गुरुङले अहिलेसम्म प्राप्त सम्पूर्ण उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्नु आजको आवश्यकता, प्रमुख कार्यभार र साझा दायित्व भएकाले सबै गम्भीर भएर लाग्न सकौँ भन्ने कामना गर्नुभएको छ । उहाँले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।

विसं २००७ फागुन ७ गते १०४ वर्षीय निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको दिनको सम्झनामा आजको दिनलाई प्रतातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?