बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौं ।
- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
- कारोबार साताको दोश्रो दिन सोमबार प्रतितोला १००ले घटेको सुनको मूल्य तेश्रो दिनमा आउँदा मंगलबार प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । कारोबार साताको दोश्रो दिन सोमबार प्रतितोला १००ले घटेको सुनको मूल्य तेश्रो दिनमा आउँदा मंगलबार प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदीको मूल्य आज १ हजार ४५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया