थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
३३ पटक हेरिएको
Shares
थाहा पाउनुहोस् सुष्मा स्वराज नेपाल आउनुको यी सात कारण

सारांश

  • काठमाडौँ, माघ १९ ।
  • भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विभिन्न राजनीति दालका नेताहरुसँग भेटर्वाता गरेकी छिन् ।
  • बिहीबार अपरान्ह काठमाडौँ आएकी स्वराजले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वराजसँग एक्लै भेटवार्ता गरेका छन् ।

काठमाडौँ, माघ १९ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले विभिन्न राजनीति दालका नेताहरुसँग भेटर्वाता गरेकी छिन् । बिहीबार अपरान्ह काठमाडौँ आएकी स्वराजले माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वराजसँग एक्लै भेटवार्ता गरेका छन् ।

ओली र स्वराजको एक्लाएक्लै भेटवार्तापछि एमाले नेताहरूसँग स्वराजको सामूहिक भेट भएको थियो । स्वराजले बिहीबार साँझ एमाले नेताहरूसँग सामूहिक रात्रीभोज पनि गरेकी थिइन् ।

निम्तो बिना नै भ्रमण

भारतीय विदेशमन्त्री स्वराज नेपाल सरकारको आधिकारिक निम्तो बिना नै काठमाडौँ आइपुगेकी हन् । भारतीय विदेशमन्त्री बिना कुनै निमन्त्रणा नेपाल आएको सम्भवतः यो पहिलो हो । निमन्त्रणा नहुँदा पनि कुनै राजनीतिक मिसन हुन्छ । त्यही मिसन अन्तरगत स्वराज काठमाडौँ आइपुगेकी हुन् ।

अपर्झट भ्रमण

स्वराजको यो अपर्झट नेपाल भ्रमण हो । भारतीय विदेश मन्त्रालयले स्वराज काठमाडौँ आउने जनाएको तेस्रो दिनमा उनी काठमाडौँ आइपुगेकी हुन् । उनी नेपाल आउन लागेको भन्दै भारतीय विदेश मन्त्रालयले सोमबार औपचारिक जानकारी दिएको थियो। नेपाली पक्षले बुधबार मात्र जानकारी सार्वजनिक गरेको हो।

सशक्त टिमर स्पष्ट एजेण्डा

राजनीतिक भ्रमण भनिए पनि भारतीय विदेश मन्त्रालयको सशक्त ‘टिम’ स्वराजसँगै काठमाडौंमा आएको छ । विदेश सचिव, विदेश मन्त्रालयका प्रवक्ता, नेपाल डेक्स हेर्ने अधिकारीहरु पत्रकारसहित नेपाल आइपुगेका छन्।

एमालेको भोज

बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए । ओली र स्वराजको एक्लाएक्लै भेटवार्तापछि एमाले नेताहरूसँग स्वराजको सामूहिक भेट भएको थियो ।

स्वराजले हिजो राति एमाले नेताहरूसँग सामूहिक रात्रीभोज पनि गरेकी थिइन् । यसरी भारतीय विदेशमन्त्री स्वराजले एमाले अध्यक्ष ओलीलाई भेटेर राजनीतिक भेटवार्ताको सुरुवात गर्नु आफैमा नयाँ तरंग हो ।

प्राथमिकतामा छैनन् देउवा

भारतीय विदेशमन्त्री स्वराजले अन्तिम भेट परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग गर्दैछिन् । शुक्रबार विदेश फर्कनुअघि उनले देउवालाई भेट्न लागेकी हुन् । अर्थात, देउवासँगको भेट औपचारिकताका लागि मात्रै हो । त्यसैले पनि देउवा अहिले भारतीय प्राथमिकतामा छैनन् भन्ने देखाएको छ ।

ओली पहिल्यै जानकार थिए

भारतीय विदेशमन्त्री नेपाल आउने विषयमा एमाले अध्यक्ष ओली यसअघि नै जानकार रहेको ओली निकट नेताहरुले बताइसकेका छन् । माघ ७ गते मोदीले दोस्रोपटक फोन गरेका थिए । सोही दिन भएको टेलिफोन संवाद अनुसार मोदीले आफ्नी विश्वासपात्र स्वराजलाई नेपाल भ्रमण पठाएका हुन् । स्वराजको भ्रमणका लागि ओलीका तर्फबाट एमाले नेता विष्णु रिमालले समन्वय गरे। मोदीका तर्फबाट भारतीय राजदूत मञ्जिब सिंह पुरीले समन्वय गरे । तर, सरकारी निकाय यो बारेमा बेखर नै रह्यो ।

एक्ला एक्लै भेटवार्ता

स्वराजले पार्टीका ठुला ठुला नेतासँग एक्ला एक्ले भेटवार्ता गरेकी छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले स्वराजसँग सोल्टि होटलमा एक्लै भेटवार्ता गरेका थिए। बिहीबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सोही होटलमा स्वराजसँग ‘वान टु वान’ भेट गरेका थिए । र आज बिहान संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि एक्लैटी भेट गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
समुद्री तटभन्दा २२० किलोमिटर पर समुद्रमा एउटा कुकुर भेटिएपछि…
पशुमा अज्ञात रोगको सङ्क्रमण
पशुमा अज्ञात रोगको सङ्क्रमण
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
गरिमा शर्मालाई फिल्म डेब्यूमा सकस :घोषणामा नाम आउँछ, सुटिङमा अरु नै
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
राष्ट्रपतिविरुद्ध अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही हुन्छ; गृहमन्त्री थापा
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
प्रत्यक्षदर्शी भन्छन्- ‘हेलिकप्टर टुक्रा-टुक्रा भएर जलिरहेको छ’
“काँडा”को नाम ‘साइपाल’, १२ वटा गाउँपालिकाको नाम फेरियो
“काँडा”को नाम ‘साइपाल’, १२ वटा गाउँपालिकाको नाम फेरियो
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्न सहयोग गर्छ : राष्ट्रपति
उधौली पर्वले मानव र प्रकृतिको सम्बन्धलाई उजागर गर्न सहयोग गर्छ : राष्ट्रपति
इटहरीमा भीषण आगलागी
इटहरीमा भीषण आगलागी

तपाईंले छुटाउनुभयो कि?