प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २४, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन

सारांश

  • काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।
  • बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए ।
  • सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताए ।

काठमाडौँ, २४ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । बैठकको प्रारम्भमै काँग्रेसका सांसदहरु आशनबाट उभिएर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिए ।

सांसद विश्वकर्माले काँग्रेसका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै बैठक सञ्चालनमा सहयोग गर्न नसकिने बताए । उनले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा कसैलाई काखा र कसैलाई पाखा हुने गरी सरकारको निर्देशनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको आरोप लगाए ।

काँग्रेसले यही विषयमा विरोध जनाउँदै बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेको थियो । यही माघ २२ गते आयोगले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा उपसभापति गच्छदारलगायत १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सांसद विश्वकर्माको भनाइपछि पनि काँग्रेसका सांसदहरु आफ्नो आशनबाट उभिएर विरोध जनाइरहँदा सभामुख सापकोटाले पटकपटक बैठक सञ्चालन गर्नका लागि आग्रह गरे । उनले बैठक अवरोध गरे सो विषयको समाधान नहुने भन्दै सदनलाई जीवन्त र प्रभावकारी बनाउनका लागि बैठकमा छलफल सञ्चालन गर्नुपर्ने आग्रह गरेका थिए ।

सभामुखको उक्त आग्रहपछि पनि प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहेका कारण सभामुखले बैठक आधा घण्टाका लागि स्थगन गरेको घोषणा गरे । प्रतिपक्ष दलले उक्त प्रकरणमा निर्णयमा प्रत्यक्षरुपमा संलग्नलाई उन्मुक्ति दिएर संलग्न नै नभएका व्यक्तिलाई छानी छानी राजनीतिक आस्थाका आधारमा अभियोग लगाएको आरोप लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
कोरोना भाइरस सम्बन्ध यी हुन् मिथ्या वा खराब सुझाव
कोरोना भाइरस सम्बन्ध यी हुन् मिथ्या वा खराब सुझाव
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
कुवेरसिंह रानाले प्रहरीको व्यवसायिक आचरण धर्मराएको भन्दै दुख व्यक्त
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
भारतको बम्पर ओपनिङपछि सलमान र आलियाको नयाँ फिल्मको मिति घोषणा
किन फर्किएनन् नेपाली वैज्ञानिक ?
किन फर्किएनन् नेपाली वैज्ञानिक ?
घरभाडा छुुट दिनेलाई पुरस्कार
घरभाडा छुुट दिनेलाई पुरस्कार
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन
जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो
जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो
सूक्ष्म जीवाणुको प्रतिरोध क्षमता बढ्दा समस्या
सूक्ष्म जीवाणुको प्रतिरोध क्षमता बढ्दा समस्या

तपाईंले छुटाउनुभयो कि?