जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जिवित हुँदा सबैले हेला गर्थे, मृत्युपछि संसार हल्लियो

सारांश

  • वाशिङटन।
  • अमेरिकामा गत महिना एक कन्जुस व्यक्तिको मृत्यु भयो ।
  • वाशिङटनमा बस्ने कन्जुस व्यक्ति एलेन नेमनको २०१८ डिसेम्बर ८ मा मृत्यु भएको थियो ।

वाशिङटन। अमेरिकामा गत महिना एक कन्जुस व्यक्तिको मृत्यु भयो । वाशिङटनमा बस्ने कन्जुस व्यक्ति एलेन नेमनको २०१८ डिसेम्बर ८ मा मृत्यु भएको थियो । उनको मृत्युपछि यस्तो वास्तविकता खुल्यो जसले सारा संसारलाई हल्लाइदिएको छ । यी व्यक्ति निकै कन्जुर थिए र पूरै जिन्दगी एक्लै बसे । न उनले विवाह गरे न उनको परिवारमा अरु कोही थिए । उनको विचित्र जीवनशैली देखेर मानिसहरु उनको खिल्ली उडाउँथे । तर, जब ६३ वर्षको उमेरमा जब उनको मृत्यु भयो त्यसपछि यस्तो रहस्य खुल्यो कि संसारभरका मानिसहरुका आँखा रसाए । यो कुरा धेरैले विश्वासै गर्न सकेनन् ।
एलेनको मृत्यु क्यान्सरका कारण भएको थियो । जब उनको मृत्यु भयो त्यसपछि बल्ल मानिसहरुले थाहा पाए कि एलेनले त गरिब र घरबारविहीन बालबालिकाको लागि १ करोड १० लाख डलर (१ अर्ब २४ करोड नेपाली रुपैयाँ) बराबरको सम्पत्ति छोडेर गएका थिए । एलेन आफ्नो कन्जुसीका लागि निकै चर्चित थिए । उनी एक वर्षमा ६७ हजार २ सय डलर (७५ लाख नेपाली रुपैयाँ) कमाउँथे । तर, उनी न आफ्नो लागि पैसा खर्च गर्थे न अरु कसैको लागि पैसा दिन्थे । जीवनभर उनले बिहे गरेनन्, उनी एक्लै रहे र कसैलाई धर्मपुत्ररपुत्रीको रुपमा पनि पालेनन् ।
पैसाको विषयमा उनी यतिसम्म कन्जुस थिए कि जुत्ता फाटेमा टेप टाँसेर काम चलाउँथे ताकि नयाँ जुत्ता किन्नु नपरोस् । उनलाई एक्लै बस्न मन पथ्र्यो । उनी समाजसेवाको काम गर्थे तर यति हुँदा पनि उनलाई मानिसहरुसँग घुलमिल हुन मन पर्दैनथ्यो । एलेनका बारेमा धेरै मानिसहरुलाई केही थाहै थिएन र जो एलेनलाई चिन्थे उनीहरुलाई पनि थाहा थिएन कि एलेनले कति ठूलो रहस्य लुकाएर राखेका छन् । जब उनको मृत्यु भयो तबमात्र मानिसहरुले उनको महान दानको बारेमा थाहा भयो । एलेनको मृत्यु भएपछि मानिसहरुले थाहा पाए, उनले जिन्दगीभर आफ्नो लागि पैसा खर्च नगरेका भए पनि उनी कन्जुस भने बिल्कुलै थिएनन् ।
उनले आफ्नो सबै सम्पत्ति मृत्युपूर्व नै अनाथ, गरिब, बिरामी, बेसहारा र एक्ला मानिसहरुको लागि दान गरिसकेका थिए । यति धेरै पैसा उनले एउटा जागिर गरेर मात्र कमाएका थिएनन् । कैयौं पटक त उनले एकैपटक तीन ठाउँमासम्म काम गरेका थिए । उनका एक साथीका अनुसार मातापिताको मृत्युपछि उनले केही पुख्र्यौली सपत्ति पनि पाएका थिए । यसका अलावा उनले आफ्नो पैसा लगानी गरेर राखेका थिए जो लगातार बढिरहेको थियो ।

एलेनका एक दाजु पनि थिए जो मानसिक रोगी थिए र उनको हेरचाहको जिम्मेवारी एलेनकै थियो । यसका अलावा सामाजिक सेवाको क्रममा एलेन जब गरिब बालबालिका र उनीहरुको कष्टकर जीवन देख्थे उनलाई निखै दुःख लाग्थ्यो । एलेन कसैसँग पनि धेरै बोल्न मन पराउँदैनथे र उनले आफ्नो मनको दुःख कसैलाई बताएका थिएनन् तर उनले त्यतिबेलै सोचिसकेका थिए कि आफ्नो सारा सम्पत्ति बेसहारा गरिब बालबालिकाको लागि छोडेर जानेछन् ।

एलेनको मृत्युपछि थाहा भयो कि उनले आफ्नो सम्पत्ति फरक फरक क्षेत्रसँग जोडिएका संस्थाहरुलाई दान गरेर गएका थिए । उनले अनाथालय, अस्पताल, वृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पत्ति दान गरेका थिए । बालबालिकाको एक अस्पतालको लागि उनले २.५ मिलियन डलर दान दिएर गएका थिए । यो एलेनका दानमध्येको सबैभन्दा ठूलो रकम थियो । एलेनले जुन–जुन संस्थालाई दान दिएर गएका थिए ती कुनै पनि संस्थासँग एलेनको कुनै निजी सम्बन्ध थिएन । ती संस्थाले त एलेनलाई चिन्दा पनि चिन्दैनथे । एलेन जिन्दगीभर अरुको लागि बाँचे र अरुकै लागि पैसा छोडेर गए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनिल र ऐश्वर्यलाई नराम्रो झट्का
अनिल र ऐश्वर्यलाई नराम्रो झट्का
धर्तीका विषयमा यी चार रोचक तथ्य, जो तपाइँलाई थाहा नहुन सक्छ
धर्तीका विषयमा यी चार रोचक तथ्य, जो तपाइँलाई थाहा नहुन सक्छ
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको “लोसार गुथुक साँझ” फागुन १० र ११ गते
कानुनमन्त्री भन्दा उनकी पत्नी राई धनी
कानुनमन्त्री भन्दा उनकी पत्नी राई धनी
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !
प्रचण्डले धेरै हल्ला गरेपछि मन्त्रीपरिषद फेरबदल अनिश्चित !
नारायणकाजी श्रेष्ठले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छैनन्: प्रचण्ड
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
आज दरबार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र शाहको जन्मदिन
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-

तपाईंले छुटाउनुभयो कि?