राष्ट्रिय परिचयपत्र : दश औंलाका छापसहित वितरण शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २२, २०७६
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रिय परिचयपत्र : दश औंलाका छापसहित वितरण शुरु

सारांश

  • काठमाडौं ।
  • सरकारले राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ ।
  • पहिलोपल्ट पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अभियानमा ५५ हजार ९ सय २५ जनाले परिचयपत्र लिएका छन् ।

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र वितरण शुरु भएको छ । पहिलोपल्ट पाँचथरबाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण अभियानमा ५५ हजार ९ सय २५ जनाले परिचयपत्र लिएका छन् । पाँचथरमा अझै १८ हजार ६ सय ४५ परिचयपत्र वितरण गर्न बाँकी रहेको जनाइएको छ ।

२०७५ मंसिर ३ बाट सुरु भएको राष्ट्रिय परिचयपत्र वितरण टोलीले सिंहदरबारका कर्मचारीलाई पहिलो चरणमा परिचयपत्र दिएको थियो ।

राष्ट्रिय परिचयपत्रमा दुई किसिमको विवरण राखिएको छ । परिचय पत्रमा व्यक्तिगत विवरणमा व्यक्तिको नामथर, ठेगाना, बाबुको नाम, बाजेको नाम, श्रीमतीको नाम, श्रीमानको नाम, उमेर लिङ्ग, जन्ममिति, शैक्षिक योग्यता, पेसा र धर्म राखिएको छ ।

त्यसैगरी बायोमेट्रिकमा १० वटै औलाको छाप, फोटो र डिजिटल हस्ताक्षर राखिएका छन् । कार्डमा राखिएका विवरण भने चिप्समा गोप्य ढंगले राखिने बताइएको छ ।

(https://flathatnews.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?