जेठको पहिलो साता देउवा प्रधानमन्त्री:खनाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०७४
|
|
६३२ पटक हेरिएको
Shares
जेठको पहिलो साता देउवा प्रधानमन्त्री:खनाल

सारांश

  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जेठको पहिलो साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।
  • बुधबार रिपोटर्स क्लवको साक्षात्कारमा खनाले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे ।
  • तर स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको गठबन्धन कायमै रहने उनले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जेठको पहिलो साता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

बुधबार रिपोटर्स क्लवको साक्षात्कारमा खनाले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमति अनुसार नै जेठको पहिलो साता काँग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने स्पष्ट गरे । तर स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि पनि अहिलेकै काँग्रेस–माओवादी केन्द्रको गठबन्धन कायमै रहने उनले बताए ।

‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, काँग्रेस र माओवादीवीच भएको भद्र सहमति तोडिँदैन्,’ उनले भने, ‘विगतमा सत्ता समिकरणहरु भद्र सहमतिका कारण तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति दोहोरिदैन ।’

आफूहरुबीच भएको सहमतिअनुसार स्थानीय तहको बैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवा प्रधानमन्त्री बन्ने भन्दै ढुक्क हुन समेत उनले आग्रह गरे ।

जेठ १५ गते नै बजेट ल्याउने गृहकार्य

बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भीर छलफल भइरहेकोले सहमति अनुसार नै यसमा निर्णय लिइने पनि खनालले बताए । जेठ १५ गते नै बजेट ल्याउने गरी सरकारले गृहकार्य थालेको पनि उनले स्पष्ट गरे ।

खनालले सरकारले परिमार्जनसहित संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेकोले संशोधन प्रस्ताव पारित हुने विश्वास दिलाए ।

पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दुई वटा चुनावको मिति पनि चाँडै अब बन्ने सरकारले घोषणा गर्ने उनलेब ताए । अब संसदको म्याद नथपिने र माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन सम्पन्न हुने उनले दाबी गरे ।

राप्रपाले सरकार छोड्नुमा पार्टीको आन्तरिक कारण

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार खनालले राप्रपाले सरकार छोड्नुमा पार्टीको आन्तरिक कारण भएको दाबी गरे । अरु कुनै कारणले नभई पार्टीभित्रकै आन्तरिक कारणले राप्रपाले सरकार छाडेको उनको दाबी थियो ।

‘सामन्तवाद र राजतन्त्रका अवशेषहरुले राप्रपा फुटाउने भएपछि उहाँ पार्टी एकता जोगाउनको लागि सरकारबाट बाहिरिनुभएको भन्ने कुरा आएको छ,’ उनले भने, ‘यो हो भने अत्यन्तै स्वागतयोग्य कुरा हो, फेरि पनि उहाँ सरकारमा सहभागी हुन सक्नुहुन्छ ।’ पार्टी एकता बलियो बनाएर पुनः काँग्रेस–माओवादी केन्द्रको गठबन्धनमा सहभागी भए थापालाई आफूहरुले जहिले पनि स्वागत नै गर्ने स्पष्ट पारे ।

उनले हालै सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधिश सुशिला कार्कीविरुद्ध दर्ता गराएको महाअभियोग प्रस्ताव स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?