प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रचण्डको जवाफ वाईसीएललाई– झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन

सारांश

  • काठमाडौं, २४ बैशाख ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी नेता कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पार्नु भएको बताएका छन् ।
  • अध्यक्ष प्रचण्डले भने, “जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।

काठमाडौं, २४ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी नेता कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पार्नु भएको बताएका छन् । अध्यक्ष प्रचण्डले भने, “जसले जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले–माओवादी एकता हुन सक्दैन ।”

वाइसिएल नेपालका केन्द्रीय स्कुलिङ विभागको आयोजनामा “समसामयिक परिस्थितिमा युवाहरुको भूमिका” बिषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले उद्देश्य प्राप्तिको लक्ष्य लिएको पार्टी, वैचारिक संगठन र स्थापित नेतृत्व अविचलित रही निरन्तर अग्रणी भूमिका खेल्दै समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

यात्राको क्रममा थकान मार्ने र निरन्तर आगाडि बढ्ने भन्दै वाइसीएल नेपाल पुनर्गठन भएपछि सक्रिय भूमिका निभाउँदै अग्रगामी सोच तथा कार्यक्रमको विकास भएको भन्दै संगठनप्रति खुशी व्यक्त गरे । पार्टीको भूमिका संख्यात्मक रूपमा कमजोर भए पनि गुणात्मक रूपमा र सारमा माओवादीको मुद्दाको विजय भएको भन्दै युवाहरुको उत्साहप्रति सकारात्मक रहेको बताए ।

प्रचण्डले गरेको सम्बोधनको केही अंश जस्ताको तस्तै

– क्रान्ति अधुरो अपुरो भयो । प्राप्त उपलब्धिलाई जोगाउँदै अघि बढ्नुपर्छ । हामी पूर्ण विजय नभए पनि हारेका होइनौं ।
– वाइसिएलको नयाँ कार्यसमितिले मूल नेतृत्वको स्पिट जोगाउने पहल गर्यो ।
– विचार र राजनीति छाडेर एकता कुनै हालतमा हुँदैन ।
– मानिस बूढो भएपनि विचार बूढो हुँदैन । त्यसैले मेरो युवासँग विचार मिल्छ ।
– युवालाई नीति निर्माणमा नल्याए देश दुर्घटनामा पर्छ ।
– सहिद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिन्छ ।
– पहिला नेताहरु त्याग, बलिदानको प्रतिस्पर्धा गर्न तयार हुन्थ्यो । तर अहिले लाभको पद लिन प्रतिस्पर्धा गर्छन् ।

कार्यक्रममा पार्टी नेता एवम् नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा “बादल”ले विकास र समृद्धि ल्याउन दलाल पूँजीपतिलाई निस्तेज गर्नैपर्छ । हरेक क्षेत्रका सिण्डिकेट अन्त्य गरी दलाल पूँजीवादलाई जरैदेखि फाल्ने बताए । हुन्डी, मदिरा तस्करी, मानव तस्करी, वैदेशिक रोजगार ठगी, गुण्डा डनहरुलाई सखाप पार्न वाईसीएल लाग्नुपर्ने पनि बताए ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Lila Bikram Baral

    भारत र युरोपियन युनियन को इशारा मा गरेको जनयुद्ध ले सत्रहजार नागरिक को रगत मा पौडी खेलेर खुशियाली मनाउने तिमीहरू जस्तो हत्यारा नेताले देश र जनताको लागि के गरेका छौ र जनयुद्ध को नाम लिन्छौ तिमीहरू जस्ता दुई चार जना ब्वासा नेताहरु मरेको भए देश र जनताले आशीर्वाद पनि दिन्थे होलान् ! तर बिदम्बना भनौं नातावाद र कृपा वादले नै देश आक्रान्त भएको छ धिक्कार।छ तिमीहरू जस्तो लुटेरा स्यालहरुलाइ !

      Comment Author

      Ran Malla

      Well said Lila ji, Nepal aama ra aafnai aamaka kuputraharu hun

    Comment Author

    Ananda Subedi

    नगरन केही फरक पर्दैन तं जस्तो हत्यारालाई सदन होइन सडकमा पुर्याउन नेपाली जनता अातुरछन्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?