प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?

सारांश

  • काठमाडौं, ५ फागुन – सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ।
  • सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ।
  • यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ।

काठमाडौं, ५ फागुन – सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ।

प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सात वटा मन्त्रालय छन्। त्यसअनुसार सातै प्रदेशमा मुख्यमन्त्री र ६ वटा मन्त्रालयमा ४२ जना मन्त्री रहनेछन्। प्रदेशमा राज्यमन्त्री र सहायक मन्त्री भने नियुक्त भएका छैनन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा सागर पण्डितले खबर लेखेका छन् ।

यसैगरी, प्रदेशसभाका सभामुखको मासिक तलब ५३ हजार र उपसभामुखको ५० हजार कायम गरिएको छ भने विपक्षी दलका नेताको पनि ५० हजार नै कायम गरिएको छ। विपक्षी दलको प्रमुख सचेतक, सत्तापक्षको प्रमुख सचेतक र सभापतिलाई मासिक ४८ हजार रुपैयाँ तलबमान कायम गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यस्तै, प्रदेशसभाका सदस्यको मासिक तलबमान ४५ हजार कायम गरिएको छ। प्रदेशका मुख्यमन्त्रीलाई आवासको व्यवस्था गरिएको छ भने मन्त्रीलाई आवासको सट्टा मासिक १२ हजार दिइनेछ। यसैगरी, मुख्यमन्त्रीले फर्निचरबापत एकमुष्ट १५ हजार र दैनिक भ्रमणभत्ता २५ सय पाउनेछन् भने मन्त्रीहरूलाई दुई हजार भत्ता दिइने भएको छ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ। प्रदेश सरकारले यही तलबमानअनुसार प्रदेशका सबै पदाधिकारीको तलब सुविधा तोक्ने बताइएको छ। केन्द्र सरकारले तलब तोक्दा एकरूपता कायम गर्नसमेत प्रदेश सरकारलाई आग्रह गरेको छ।

प्रदेश पदाधिकारीको सुविधा

मुख्यमन्त्री

तलब :६०९७०

फर्निचर :१५०००

धारा, सञ्चार :बिलअनुसार

आवास व्यवस्था, दैनिक भत्ता :२५ सय

सवारीसाधन

मन्त्री

तलब :५२०००

फर्निचर :१५ हजार

धारा, बिजुली र सञ्चार :बिलअनुसार

आवास :मासिक १२ हजार, दैनिक भ्रमण भत्ता :२ हजार

सवारीसाधन

सभामुख

तलब :५३ हजार

फर्निचर :१५ हजार

बैठक भत्ता :७५०

यात्रा बिमा :१० लाख

विपक्षी दलका नेता÷उपसभामुख

तलब :५० हजार

बैठक भत्ता :७५०

सञ्चार सुविधा :मासिक १५ सय

आवास सुविधा :मासिक १२ हजार

फर्निचर :१५ हजार

यात्रा बिमा :१० लाख

प्रदेशसभा सदस्यको मासिक

तलब :४५ हजार

आवास सुविधा :१२ हजार,

फर्निचर सुविधा १५ हजार पाँच

वर्षमा एकपटक, यात्रा बिमा १० लाख

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rai Man

    Je hoss nepal ka chor neta haru le aafu ra aasepase ko lagi ramrai jagir ko bandabasta gareko ma badhai chha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?