सम्झौतापरस्त नीति र गलत कार्यशैलीले सरकार जनघाति मार्गतर्फ उन्मुख : राजमो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सम्झौतापरस्त नीति र गलत कार्यशैलीले सरकार जनघाति मार्गतर्फ उन्मुख : राजमो

सारांश

  • यातायात भाडामा १० प्रतिशत बृद्धि तुरुन्त फिर्ता गर्न माग काठमाडौं, १० असोज ।
  • राष्ट्रिय जनमोर्चाले हालै सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तुरुन्त फिर्ता गर्न माग गरेको छ ।
  • पार्टीका प्रवक्ता तथा सांसद दुर्गा पौडेलले विज्ञप्ति जारी गरी यातायात क्षेत्रमा रहेको सिण्डीकेट अन्त्य गर्ने घोषणा गरिरहेका बेलामा गरिएको भाडाबृद्धिलाई सरकारको सम्झौतापरस्त नीति भनेकी छन् ।

यातायात भाडामा १० प्रतिशत बृद्धि तुरुन्त फिर्ता गर्न माग

काठमाडौं, १० असोज । राष्ट्रिय जनमोर्चाले हालै सार्वजनिक यातायातको भाडामा १० प्रतिशतले बृद्धि गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई तुरुन्त फिर्ता गर्न माग गरेको छ । पार्टीका प्रवक्ता तथा सांसद दुर्गा पौडेलले विज्ञप्ति जारी गरी यातायात क्षेत्रमा रहेको सिण्डीकेट अन्त्य गर्ने घोषणा गरिरहेका बेलामा गरिएको भाडाबृद्धिलाई सरकारको सम्झौतापरस्त नीति भनेकी छन् ।

“दशैं तिहार जस्तो चाडबाडको बेला यात्रुहरूलाई गम्भीर असर पर्ने गरी गरिएको भाडा बृद्धिलाई तुरुन्त फिर्ता लिन राष्ट्रिय जनमोर्चा माग गर्दछ”, विज्ञप्तिमा भनिएको छ । सरकार र यातायात व्यवसायीका बीचमा भएको सम्झौतापछि नै सार्वजनिक यातायातमा यसरी भाडा बृद्धि गरिएको बताउँदै सरकारले यसअघि पेट्रोलियम पदार्थमा पटकपटक मूल्यबृद्धि गर्दै आएको र दशै
तिहार जस्ता चाडपर्वको मुखैमा भाडाबृद्धिले सर्वसाधारण जनतालाई गम्भीर असर पार्ने विज्ञप्तिमा उल्लेख छ ।

“मानिसहरू सार्वजनिक यातायातमा सर्वाधिक ओहरदोहर गर्ने यो मौसममा यातायात क्षेत्रमा भाडा बृद्धिले सर्वसाधारण जनताको जीवनमा गम्भीर असर पर्ने निश्चित छ”, विज्ञप्तिमा भनिएको छ । सरकारको यातायात क्षेत्रमा सिण्डीकेट अन्त्यको घोषणा एक सकारात्मक कार्य थियो भन्दै अहिले यातायात व्यवसायीसँग सम्झौता गरेर यातायातमा १० प्रतिशतले भाडा बृद्धि गर्न दिनुले सरकारको सम्झौतापरस्त नीतिलाई नै उजागर गरेको आरोप लगाइएको छ । पछिल्लो समयमा सरकारले अपनाउँदै गएको सम्झौतापरस्त नीति र गलत कार्यशैलीले ऊ जनघाति मार्गतर्फ उन्मुख हुँदै गएको प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा
‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
विवाह गर्न भारतीयको सौराहा आउने क्रम बढ्यो
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
नहुने भयो स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु आरोप प्रत्यारोपमा, त्रिवी मौन
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
निजामती कर्मचारीका प्रतिभा प्रस्फुटन गराउन ‘प्रतिभा डबली’ सञ्चालन हुने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
विदेशमा छ महिना काम गरेर फर्किएकाले मात्र दुई वटा फोन ल्याउन पाउने
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना
हेलिकप्टरकै भर, बर्सेनि दुर्घटना

तपाईंले छुटाउनुभयो कि?