नेप्सेमा दोहोरो अङ्कको सुधार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १२, २०८०
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
  • नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ को विन्दुमा पुगेको हो ।

आज दुई सय ६५ वटा कम्पनीको २७ लाख पाँच सय ७० कित्ता शेयर २७ हजार सात सय ६६ पटक खरिदबिक्री हुँदा रु ८८ करोड ५५ लाख ७८ हजार बराबरको कारोबार भएको छ ।

आज म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव एक अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ९५ दशमलव ४२ र उत्पादन तथा प्रशोधन समूह ७९ दशमलव ६३ अङ्कले बढेको छ ।

आज बैंकिङ समूह १२ दशमलव १७, विकास समूह ५७ दशमलव ०५, वित्त समूह १७ दशमलव ४९, होटल तथा पर्यटन समूह ६६ दशमलव ९७ र जलविद्युत् समूह १२ दशमलव नौ अङ्कले बढेको छ ।

त्यस्तै जीवन बीमा समूहको उपसूचक ५७ दशमलव ३०, उत्पादन समूह १५ दशमलव ८०, व्यापार समूह १३ दशमलव २२ र अन्य समूह छ दशमलव ७४ अङ्कले बढेको छ ।

आज तारागाउँ होटल रिजेन्सीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु सात करोड ९१ हजार पाँच सय ५७ बराबरको एक लाख ६६ हजार २२ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
अध्यक्ष प्रचण्ड, उपराष्ट्रपति पुन र मुख्यमन्त्री शाहीको चीनतिर किन लर्को ?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिप फुटबलमा पाकिस्तानले भाग नलिने
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
अमेरिकाद्वारा नेपाली सेनालाई दुुई विमान हस्तान्तरण
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
प्रसारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितताको आशंका, छानविन शुरु
मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा
मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा
खुश्बुले बुझाईन प्रचण्डलाई ज्ञापनपत्र, ‘क’ देखि ‘ज्ञ’ सम्म सिकाउन माग
खुश्बुले बुझाईन प्रचण्डलाई ज्ञापनपत्र, ‘क’ देखि ‘ज्ञ’ सम्म सिकाउन माग
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य
सशस्त्र प्रहरी सम्बन्धि विधेयकमाथि छलफल, सय दिनमा संसद पुर्‍याउने गृहमन्त्रीकाे लक्ष्य

तपाईंले छुटाउनुभयो कि?