विश्वकप फुटवल: क कस्ले पाए गोल्डेन बल ?
सारांश
- अस्बिन खड्का, २५ जेठ ।
- विश्वकपमा उत्कृष्ट प्रदर्शन आफ्नो उत्कृष्ट कला,लय र टीमलाई मजबुद बनाउने खेलाडी लाई गोल्डेन बलको उपाधि दिने गरीन्छ ।
- गोल्डेन बलको सुरुवात सन् १९८२ को विश्वकपबाट भएको हो ।
अस्बिन खड्का, २५ जेठ । विश्वकपमा उत्कृष्ट प्रदर्शन आफ्नो उत्कृष्ट कला,लय र टीमलाई मजबुद बनाउने खेलाडी लाई गोल्डेन बलको उपाधि दिने गरीन्छ ।
गोल्डेन बलको सुरुवात सन् १९८२ को विश्वकपबाट भएको हो । यसअघिका विश्वकपहरुमा पनि उत्कृष्ट खेलाडी हरुको घोषणा हुने गरेको भए पनि गोल्डेन बल भने प्रदान गरिएको पाईदैन।
पछी सन १९८२ मा आएर फिफाले विश्वकपहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी लाई गोल्डेन बल दिने नियम बनायो । विश्वकपमा उत्कृष्ट खेलाडीले गोल्डेन बल पाउने गरेका छन् भने दोस्रो र तेस्रो स्थानमा रहने खेलाडीले क्रमशः सिल्भर बल र ब्रोन्ज बल पाउने गरेका छन् ।
१९८२ को विश्वकप पछी २०१४ ब्राजिल सम्म आईपुग्दा अहिलेसम्मका विश्वकपका उत्कृष्ट खेलाडीहरु यसप्रकार छन् –
सन् १९८२ को विश्वकप प्रतियोगितामा इटालीका पाओलो रोस्सीले गोल्डेन बलको उपाधि पाएका थिए । स्पेनमा भएको प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए,जसको कारण उनी गोल्डेन बल पाउने पहिलो खेलाडी बने ।
सन् १९८६ मा भएको विश्वकप प्रतियोगितामा भने अर्जे्न्टिनाका डिएगो म्याराडोनाले यो उपाधि हासिल गरेका थिए । मेक्सिकोमा भएको विश्वकप प्रतियोगितामा म्याराडोनाले यो उपाधि हासिल गरेका हुन् ।
सन् १९९० को विश्वकपको उपाधि इटालीका साल्भाटोर स्किलाकीले हात पारेका थिए । घरेलु मैदानमा भएको विश्वकपमा उनले उत्कृष्ट खेलाडीको रुपमा रहँदै यो उपाधि हासिल गरेका हुन् ।
सन् १९९४ को विश्वकप प्रतियोगिता अमेरिकाले आयोजना गरेको थियो । यो विश्वकप प्रतियोगितामा ब्राजिलका रोमारियोले गोल्डेन बल हासिल गरेका थिए ।
त्यसको चार वर्षपछि फ्रान्समा भएको विश्वकप प्रतियोगितामा ब्राजिलकै रोनाल्डोले यो उपाधि हासिल गरेका थिए ।
सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्तरुपमा विश्वकप प्रतियोगिता आयोजना गरेका थिए ।यो विश्वकप प्रतियोगितामा जर्मनी का ओलिभर कान उत्कृष्ट खेलाडी घोषित भएका थिए।
सन् २००६ मा जर्मनीमा भएको विश्वकप प्रतियोगितामा फ्रान्समा जिनेदिन जिदान उत्कृष्ट खेलाडी घोषित भएका थिए।

त्यसैगरी सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको विश्वकप प्रतियोगितामा उरुग्वेका डिएगो फोर्लान सबैभन्दा उत्कृष्ट खेलाडी चुनिएका थिए ।
ब्राजिलमा चार वर्ष अघि भएको विश्वकप प्रतियोगितामा अर्जे्न्टिनाका लियोनेल मेस्सी उत्कृष्ट खेलाडी बन्न पुगेका थिए

अहिलेसम्म जम्मा नौ वटा विश्वकपमा प्रदान गरिएको गोल्डेन बल इटाली, ब्राजिल, अर्जे्न्टिनाका खेलाडीहरुले दुईपटक यो सफलता हासिल गरिसकेका छन् । अब को पालो २०१८ मा कस्ले नाम लेखाउने छ।
प्रतिक्रिया