प्रदेश १ मा काँग्रेस संसदीय दलको निर्वाचन हुँदै
सारांश
- काठमाडौँ ।
- नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ ।
- निर्वाचन सकिए लगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेश जङ्ग रायमाझीले जानकारी दिनुभयो ।
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिए लगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेश जङ्ग रायमाझीले जानकारी दिनुभयो ।प्रदेश नं १ को प्रदेशसभामा काङ्ग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । काँग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ । आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले जानकारी दिनुभयो ।
दलको नेताका लागि काँग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् ।
^Inregistrare Binance US
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
binance US-registrera
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.