सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
सिद्धार्थ बैंकका ग्राहकलाई नेपालीरिका होटलमा विशेष छुट

सारांश

  • काठमाडौं ।
  • सिद्धार्थ बैंक र मोरङको विराटचोक स्थित नेपालीरिका होटल बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
  • उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । सिद्धार्थ बैंक र मोरङको विराटचोक स्थित नेपालीरिका होटल बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट विराटनगर शाखा प्रमुख सूर्य प्रसाद शर्मा तथा नेपालीरिका होटलका तर्फबाट प्रबन्ध निर्देशक राजेश कुमार अग्रवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले नेपालीरिका होटलमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग मार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा २०५ सम्मको छुट र खानाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?