प्रधानमन्त्री र संघीय गठबन्धनबीच वालुवाटारमा वार्ता
सारांश
- संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
- संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।
- बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो ।
संघीय गठबन्धनका नेताहरुसँगको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।
संसद सञ्चालन र संविधान संशोधन विद्येयकका बारेमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनका नेताहरुलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए ।
बिहीबार बिहान बालुवाटारमा भएको छलफलमा संविधान संशोधन विद्येयकलाई द्रुत मार्गबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो ।
बैठकले बिहीबार अनौपचारिक छलफल गरेर शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुको बैठक बोलाउने निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री कमल थापा, माओवादी केन्द्रका नेता वर्षामान पुन र गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए ।
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया