प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२७ पटक हेरिएको
Shares
प्रदेश ६ को मुख्यमन्त्रीका प्रमुख दावेदार कँडेल बिजयी

सारांश

  • सुर्खेत, २४ मंसिर – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्वर ६ का सहसंयोजक यामलाल कँडेल सुर्खेतवाट प्रदेशसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुनुभएको छ ।
  • सुर्खेत क्षेत्र न.
  • २ को प्रदेशसभा क वाट नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलाई ५ हजार ३३६मतले पछि पार्दै कँडेल विजयी हुनुभएको हो ।

सुर्खेत, २४ मंसिर – नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रदेश नम्वर ६ का सहसंयोजक यामलाल कँडेल सुर्खेतवाट प्रदेशसभा सदस्यमा फराकिलो मतअन्तरले विजयी हुनुभएको छ ।
सुर्खेत क्षेत्र न. २ को प्रदेशसभा क वाट नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीलाई ५ हजार ३३६मतले पछि पार्दै कँडेल विजयी हुनुभएको हो । कँडेलले २१ हजार २८२ मत र उहाँका प्रतिस्पर्धी रेग्मीले १५ हजार ९४७ मत ल्याउनुभएको छ । कँडेललाई प्रदेश नम्वर ६ को मुख्यमन्त्रीका प्रमुख दावेदारको रुपमा पनि हेरिएको छ ।
२०१८ साल कार्तिक २५ गते दैलेखको तत्कालीन सेरी गाविसमा जन्मिएका कँडेलले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गर्नुभएको थियो । पहिलो पटक २०५१ सालमा प्रतिनिधीसभाको सदस्यमा निर्वाचित कँडेल दोस्रो पटक २०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।
गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारमा २०५५ सालमा पर्यटन मन्त्री भइसकेका कँडेल २०४९ सालमा बीरेन्द्रनगर नगरपालिकाको मेयर हुनुभएको थियो ।
उहाँ २०५६ सालको प्रतिनिधिसभा र २०७० सालको संविधानसभा चुनावमा भने पराजित हुनुभएको थियो । उहाँ नेकपा एमालेका प्रखर वक्ताको रुपमा पनि परिचित हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?