ढुङ्गा खस्दा हुम्लामा बालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
ढुङ्गा खस्दा हुम्लामा बालकको मृत्यु

सारांश

  • सिमकोट ।
  • हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।
  • ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।

सिमकोट । हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । 

ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ ।

आगलागी हुँदा रु एक लाख ६५ हजार बढीको क्षति

यसैबीच हुम्लाको चङ्खेली गाउँपालिका–३ का वर्षबहादुर ऐडीको घरमा शुक्रबार आगलागी हुँदा रु एक लाख ६५ हजार बराबरको क्षति भएको छ । उनको एक तले घरमा आगलागी हुँदा घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

स्थानीयबासी मिलेर आगो निभाएका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति भएको छैन । मिमी प्रहरी चौकीको टोलीले घट्नास्थलमा पुगेर क्षतिको विवरण लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
गौतम बुद्धको जन्मस्थल वरिपरि ठूलो शहर बनाउने योजनाको स्थानीयद्वारा विरोध
कम उमेरमा विवाह गरेर पछुताउँदै महिला
कम उमेरमा विवाह गरेर पछुताउँदै महिला
काँग्रेसका सबै सांसदले दशैँ भत्ता फिर्ता गर्ने
काँग्रेसका सबै सांसदले दशैँ भत्ता फिर्ता गर्ने
नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
आज खण्डग्रास चन्द्रग्रहण, कुन राशीलाई कस्तो हुन्छ ? ग्रहण सम्बन्धी विस्तृत जानकारी
सहिदको नाममा २७ करोड खर्चको देखिँदैन उपलब्धि
सहिदको नाममा २७ करोड खर्चको देखिँदैन उपलब्धि
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
प्रधानमन्त्रीलाई हटाउन खोज्ने प्रयास पानीको फोकाजस्तैं फुट्छ : अधिकारी
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
ब्लकेड वाज क्राइम मिष्टर मोदी’ ट्रेण्डिङले भारतीय दूतावासमा तरङ्ग !
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
वर्षौंपछि श्रीमतीलाई देख्न पाउँदा शर्मा र विक दंग
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त
नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकमा चन्द्रसिंह साउद नियुक्त

तपाईंले छुटाउनुभयो कि?