क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक

सारांश

  • डा.
  • रघुनाथ (ओसिस) धिताल केरा नेपालको बजारमा सर्बाधिक र प्राय सबै सिजनमा पाइने लोकप्रिय फलफुल हो।
  • बालक देखि बृध सम्मले सजिलै खान र पचाउन सक्ने नरम र पोसिलो फलफुल भएकोले केरा धेरै उपभोक्ताको भान्छा कोठामा पुगेको छ।

डा. रघुनाथ (ओसिस) धिताल

केरा नेपालको बजारमा सर्बाधिक र प्राय सबै सिजनमा पाइने लोकप्रिय फलफुल हो। बालक देखि बृध सम्मले सजिलै खान र पचाउन सक्ने नरम र पोसिलो फलफुल भएकोले केरा धेरै उपभोक्ताको भान्छा कोठामा पुगेको छ। अन्तरास्ट्रिय बजारमा पनि केरा सर्बाधिक खपत हुने फलफुलमा पर्दछ किनकि केरा मानब जिबनको स्वास्थ्यको लागि बरदान नै साबित भएको छ। केरामा प्रसस्त मात्रामा खनिज पदार्थ (पोटासियम, आईरन, मांगानिज, म्यागनेसिएम, भाइटामिन (बि-सिक्स, ए, सी), फाईबर र प्रोटिन पाइने हुनाले यो मुटु, क्यान्सर र दम रोगको लागि उत्तम फुड मानिन्छ।

भ्रममा नपर्नु होला, प्राकृतिक तरिका बाट पाकेका केरा मानब जिबनको लागि स्वस्थ्यकर हुन्छ तर कृतिम तरिका बाट रसायन (केमिकल) प्रयोग गरि पकाईएका केरा स्वस्थ्यको लागि हानिकारक हुन्छ। नेपालको बजारमा पाईने केराहरु क्याल्सियम कार्बाइडको प्रयोग गरि राता(रात उमेर नपुगेको केरा लाई कृतिम तरिकाले पकाएर बजारमा ओरालेका हुन्छन र यस्ता केमिकल संक्रमणमा परेको केरा उपभोक्ताको भान्छा कोठामा पुगेको छ। यस्ता केमिकल स्पर्श भएको केरा स्वस्थ्यको लागि निकै हानीकार हुन्छ।

फलफूलहरु प्राकृतिक तरिकाबाट कसरी पाक्छ ?
प्राकृतिक तरिकाबाट पाकेका पहेला फलफुलहरु मानब स्वास्थ्यको लागि सर्बोतम फुड हो। फलफुलहरुमा प्रशस्त एन्टी(अक्शीडेन्ट, फाइबर, मिनरल्स अनि भाईटामिन हुने भएकोले फलफुलहरु स्वस्थ्यकर हुन्छ । जब फलफुल परिपक्क (अथवा पाक्ने समय) हुन्छ अनि यसले ईथिलिन (अथवा ईथिन) ग्यास उत्पादन गर्छ। वनस्पती बिज्ञानमा यो ग्यासलाई प्लान्ट हर्मोन भनिन्छ। ईथिलिन ग्यासको एक ओटा अणुमा दुई ओटा कार्बन र चार ओटा हाईड्रोजन हुन्छ। यो ग्यासले फलफुलमा भएको क्लोरोफिल (हरितकण) सग रासायनिक प्रतिक्रिया गर्छ अनि फलफुल हरियोबाट पहेलोमा परिबर्तन हुन्छ। ईथिलिनले फलफुलमा भएको एसिड सग रासायनिक प्रतिक्रिया गर्छ र एसिडलाई निस्कृय बनाईदिन्छ। एसिड निस्कृय भएपछि फलफुलबाट अमिलोपन हराउछ। तेस्तै गरि ईथिलिनले फलफुलमा भएको स्टार्चलाई सुगरमा परिबर्तन गरिदिन्छ त्यसैले पाकेको फुलफुल गुलियो हुन्छ। ईथिलिनले फलफुलमा भएको कडा पेक्टिनको अणुलाई टुक्रा गरेर नरम बनाउछ र ठुला जैविक अणुहरु लाई टुक्रा गरेर सानो सुगन्धित अणुमा परिबर्तन गरिदिन्छ अनि फलफुल बाट सुगन्ध आउछ र यो अवस्थालाई फलफुल पाकेको भनिन्छ।

फलफुल पकाउने कृत्रिम तरिका भनेको के हो ?
कृतिम तरिकाले संश्लेषण गरिएको ईथिलिन ग्यासलाई सिमित मापदण्ड र बैज्ञानिक प्रबिधि सहि तरिकाले उपयोग गरेर परिपक्क हुन लागेको फलफुलको भौतिक र रासायनिक गुण परिबर्तन गर्ने प्रणालीनै फलफुल पकाउने किर्तिम तरिका हो।

अहिले बजारमा पाइने केरा ईथिलिन ग्यास राखेर पाकेका हुन्र ?
होइन। नेपालमा अधिक मात्रा फलफुलमा ९बिशेष आँप र केरा० प्रयोग गरिने रसायन क्याल्सियम कार्बाइड हो। क्याल्सियम कार्बाइड कल कारखानामा एसिटालिन ग्यास उत्पादन गर्न प्रयोग हुन्छ। क्याल्सियम कार्बाइड ग्यास वेल्डिङ गर्न र धातुहरु काट्न प्रयोग गरिन्छ। क्याल्सियम कार्बाइडमा आर्सेनिक, फस्फोरस, नाईट्राइड, सल्फाइड, सिलीकोन जस्ता हानिकारक रसायन पनि मिसिएको हुन्छ। क्याल्सियम कार्बाइड नेपालका हार्डओएर पसलमा सजिलै सस्तो मूल्यमा किन्न पाइन्छ। ग्राहकले किन्न जादा क्याल्सियम कार्बाइड दिनु भनेर माग्दैनन किन कि उनि हरुलाई यसको नाम प्राय थाहा हुदैन। तेसैले ग्राहकले केरा पकाउनी औसधि दिनुहोस भन्छन अनि पसलेले क्याल्सियम कार्बाइड पोको पारेर चिसो बाट जोगाउनु भन्दै दिन्छ।

क्याल्सियम कार्बाइडले केरा कसरी पाक्छ ?

क्याल्सियम कार्बाइड अत्यधिक सकृय रसायन हो। यो पानि सग अति संवेदनशील हुन्छ अथवा क्याल्सियम कार्बाइडलाई पानिमा राखीदिने हो भने अत्याधिक छिटो रासायनिक प्रतिक्रिया हुन्छ र एसिटालिन ग्यास उत्पादन गर्छ। अब मुख्य बुज्नु पर्ने कुरो आयो। यदि क्याल्सियम कार्बाइडलाई काचो केरामा राखिदिने हो भने काचो केरामा भएको पानिको मात्र सग यसले तुरुन्त रासायनिक प्रतिक्रिया गर्छ र एसिटालिन ग्यास निस्कन्छ। यहि एसिटालिन ग्यासले केराको भौतिक र रासायनिक गुण परिबर्तन गराईदिन्छ र केरा पाकेको अवस्थामा पुग्छ। उसो भए ईथिलिन ग्यास र एसिटालिन ग्यासमा के फरक छ त भनेर प्रस्न उठ्न सक्छ। माथि पड्नु भयो होला ईथिलिन ग्यासको एक ओटा अणुमा दुई ओटा कार्बन र चार ओटा हाईड्रोजन हुन्छ तर एसिटालिन ग्यासको एक ओटा अणुमा दुई ओटा कार्बन र दुई ओटा हाईड्रोजन हुन्छ। फरक भनेको एसिटालिनमा ईथिलिन ग्यासमा भन्दा दुई ओटा हाईड्रोजन कम हुन्छ। यहि दुई ओटा हाईड्रोजन कम भएको हुदा एसिटालिन ईथिलिन भन्दा धेरै सक्रिय हुन्छ। एक लाईनमा लेख्नु पर्दा क्याल्सियम कार्बाइडले केरा पकाउने होइन। यसबाट निस्कने ग्यास एसिटालिनले हो केरा पकाउने।

क्याल्सियम कार्बाइड प्रयोग गरेर पाकेका केरा खाँदा स्वास्थ्यलाई के असर गर्छ ?
क्याल्सियम कार्बाइड प्रयोगगर्दा एसिटालिन ग्यास निस्कन्छ र यहि ग्यासले केरा पाक्ने हो , यो थाहा पाउनु भयो। अनि एसिटालिन ग्यास धेरै सक्रिय ग्यास हो यो पनि थाहा पाउनु भयो। तपाईहरुले माथि पड्नु भयो होला केरामा मिनरल्स हुन्छ। एसिटालिन सक्रिय ग्यास भएकोले यसले मिनरल्ससग रासायनिक प्रतिक्रिया गरेर एसिटालाइड बनाउछ। एसिटालाइड मानब स्वास्थ्यको लागि निकै हानिकारक रसायन हो। तेती मात्र होइन एसिटालिन ग्यासले मानब शरीरको स्नायु प्रणालीको तन्तुमा अक्सिजनको आपूर्ति कम गराउछ र मस्तिस्कमा हाईपोक्सिया हुन्छ। क्याल्सियम कार्बाइड क्यान्सर रोग उत्पन्न गराउने रसायन हो। यो प्रयोग गरेर पाकेका फलफुलमा फस्फोरस, नाईट्राइड, सल्फाइड, सिलीकोन, आर्सेनिक, एसिटालाइड जस्ता हानिकारक केमिकलको अस्तित्व रहीरहन्छ।

यस्ता केरा खादा बान्ता हुने, छाती दुखने, घाटीमा घाऊ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गारो हुने, आखा पोल्ने, आखामा दिर्घकालिन क्षती हुने, अल्सर हुने, श्वासफेर्न गारो हुने जस्ता अनगिन्ति समस्याहरु देखा पर्छन। यदि अत्याधिक मात्रामा क्याल्सियम कार्बाइड प्रयोग गरेको केरा खाने हो भने फोक्शोमा तरल वा झोल पदार्थ जम्मा हुन्छ जसले गर्दा श्वास प्रश्वासमा ठुलो अबरोध श्रीजना गर्छ र मानब स्वास्थ्य जोखिममा पर्छ।

के छ उपाय यस्तो रसायनबाट बच्ने ?
तपाईहरु लाई थाहा नहुन सक्छ बिकसित मुलुकहरुमा क्याल्सियम कार्बाइड प्रयोग गरेर फलफुल पकाएर बेचबिखन गर्न प्रतिबन्द छ। बिशेष गरि यो समस्या आँप र केरामा हो। केराको हकमा सके सम्म काचो किनेर घरमा नै तातो आउने पराल अथवा भकारीमा केरा ओरिपरि थोरै नुन राखेर ३(४ दिन छोपीदिदा पाकेर खान लाएकको हुन्छ। अहिले तरकारी र फलफुलहरुमा केमिकलको अधिक प्रयोग गरेको पाईएको छ। यस्ता तरकारीहरु र फलफुल भान्छामा प्रयोग गर्नु भन्दा १ घण्टा अगाडी सानो टुक्रा बनाएर पानिमा भिजाउदा हानिकारक केमिकलको जोखिम धेरै कम हुन्छ। तपाईहरु लाई अनौठो लाग्ला कसरि पानिले यस्ता केमिकल पखाल्न सक्छ भनेर। भ्रममा नपर्नु होला सम्पूर्ण केमिकलहरु पानिले पखाल्दैन तर पानिले सक्रिय केमिकल लाई निस्क्रिय बनाउछ। अब शरीरलाई नोक्सान गर्ने केमिकल निस्क्रिय भए पछि यसले मानब शरीरमा पुराउने असर कम हुन्छ।

 

बैज्ञानिक (रसायनशास्त्र)

ग्रीन सुक्ष्म उत्प्रेरक अनुसन्धान केन्द्र, रिकेन, जापान

प्रतिक्रिया

0 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    नेपालमा यस्को प्रयोग पुरानो हो तर कस्लाई के मत्लब ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
दाङको ऐरावती क्यामपसमा सर्बसहमतिमा स्वबियु समिती चयन:उपसभापती सहित समितीमा अनेरास्वबियुको बर्चस्व
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय
गिरानचौरको एकीकृत वस्तीमा पुस्तकालय
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
कोशी सरकार विरुद्धको रिट हेर्दाहेर्दैमा, अब ९ असारमा सुनुवाइ
भारत सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै उपलव्ध गराएन
भारत सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै उपलव्ध गराएन
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
ट्रम्प र पाेर्न स्टार स्टर्मिकाे सम्बन्ध उनका वकिलका लागि घातक !
ट्रम्प र पाेर्न स्टार स्टर्मिकाे सम्बन्ध उनका वकिलका लागि घातक !
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !
शुरु भयाे बिम्स्टेक शिखर सम्मेलन !
Checkout the real names and age of ‘Dil Hi Toh Hai’ star cast!
Checkout the real names and age of ‘Dil Hi Toh Hai’ star cast!