प्रधानमन्त्री ओलीको भारत भ्रमणपछिमात्रै पार्टी एकता हुने !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ चैत्र ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछिमात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएको छ ।
  • स्रोतका अनुसार एमाले–माओवादी एकता घोषणाको लागि अन्तिम गृहकार्य सुरु भएपनि प्रधानमन्त्रीको भारत भ्रमणपछिमात्रै बृहत्त पार्टी एकता हुने भएको हो ।

काठमाडौं, १३ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछिमात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुने भएको छ ।

स्रोतका अनुसार एमाले–माओवादी एकता घोषणाको लागि अन्तिम गृहकार्य सुरु भएपनि प्रधानमन्त्रीको भारत भ्रमणपछिमात्रै बृहत्त पार्टी एकता हुने भएको हो । हुन त दुवै पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै एकता गर्ने तयारी भएको बताएका थिए ।

प्रधानमन्त्री ओलीसमेतले भारत भ्रमणअघि नै एकता प्रस्ताव गरेका थिए । सोही अनुसार माओवादीले पनि तयारी थालेको थियो । तर, अहिले एकताको लागि केही विषयमा छलफल गर्नुपर्ने भएकोले एकता भ्रमणपछि धकेलिएको हो ।

माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा गृहमन्त्री समेत रहेका माओवादी नेता रामबहादुर थापा बादलले आफू मातहतको समितिको आज बैठक बोलाएर छलफल थालेका छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Khatam at the Bottom .

    Comment Author

    Dipak Karki

    खै नेपाल का कम्युनिष्ट मिलेको त ईतिहास छैन। फुटेको मात्रै देखेको , सुनेको छु। अहिले पनि मिलि हाल्छ भन्ने लाग्दैन।माओबादी ले निहु खोज्न थाली सक्यो।

    Comment Author

    Ranjita Gp

    पार्टी एकता पनि मोदीको इसारामा गराउने होलानी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?