चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्न माग

सारांश

  • काठमाडौँ ।
  • निजी चिकित्सा शिक्षालयहरूले चिकित्सा शिक्षा ऐन, २०७५ परिमार्जन गर्न माग गरेका छन् ।
  • आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले ऐनका कारणले चिकित्सा शिक्षाका कार्यक्रम बन्द गर्नुपरेकाले ऐन परिमार्जन गर्न माग गरे ।

काठमाडौँ । निजी चिकित्सा शिक्षालयहरूले चिकित्सा शिक्षा ऐन, २०७५ परिमार्जन गर्न माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका संयोजक निर्मल सापकोटाले ऐनका कारणले चिकित्सा शिक्षाका कार्यक्रम बन्द गर्नुपरेकाले ऐन परिमार्जन गर्न माग गरे ।

उनले ऐन तत्काल परिमार्जन गरी चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्न दिनुपर्ने बताए । “शिक्षा ऐनका कारणले स्वास्थ्य विषयका धेरै कार्यक्रम बन्द भएका छन् । जसले गर्दा विद्यार्थीले अध्ययन गर्न पाएका छैनन्”, उनले भने, “सरकारले चाँडै ऐन परिमार्जन गरी चिकित्सा शिक्षालय खोल्ने वातावरण तयार पार्नुपर्दछ ।”

उनका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्रि डिप्लोमा तहका स्वास्थ्य विषयका एक सय ३७ वटा र स्टाफ नर्स ७३, विश्वविद्यालयअन्तर्गतका स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ आठ गरी कुल दुई सय २८ शिक्षण संस्था बन्द भएका छन् ।

नेपाल मेडिकल एसोसिएसनका डा सुरेश कनोडियाले विदेशबाट पढेर आउनेभन्दा स्वदेशमा पढेका विद्यार्थी अब्बल हुने भन्दै ऐन परिमार्जन गरेर बन्द गरिएका शिक्षण संस्था खुलाएर स्वदेशमै विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्ने जोड दिए ।

उक्त ऐनमा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयले दुई वर्षभित्र एक सय शय्याको आफ्नै अस्पताल चाहिने व्यवस्था गरेको छ । समितिका संयोजक सापकोटाले ऐनमा भएको व्यवस्थाअनुसार कोभिड–१९ को कारणले दुई वर्षभित्र एक सय शय्याको आफ्नै अस्पताल भवन बनाउने सम्भव नभएको र ऐनले चिकित्सा शिक्षा क्षेत्रमा कार्यरत निजी शिक्षण संस्थालाई सुधार तथा नियमन गर्नेतर्फ नभई निषेध गर्ने रहेको बताए ।

(https://www.lifesecure.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर
मंसिर महिनाका लागि १४ वटा बाणिज्य बैंकले घटाए ब्याजदर
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम  बैंककाे अभियान !
प्राइम कमर्सियल बैंककाे सामाजिक काम, किसान केन्दित कार्यक्रम बैंककाे अभियान !
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए
युद्धविरामका बीच सुडानमा हवाई हमला
युद्धविरामका बीच सुडानमा हवाई हमला
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
राष्ट्रपति भण्डारीको टीकामा पत्रकार निषेध, पूर्वराजाले पत्रकारकै सामुन्ने लगाए टीका
Coliform behind diarrhea epidemic in Nainhi village
Coliform behind diarrhea epidemic in Nainhi village
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
काठमाडौंको टोखा नगरपालिकाको मेयरमा एमालेका प्रकाश अधिकारी र उपमेयरमा एमालेकै ज्ञानमाया डंगोल विजयी
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट
‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट

तपाईंले छुटाउनुभयो कि?