श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
श्रीमतीले आगो लगाएर गरिन् श्रीमानको हत्या

सारांश

  • भक्तपुर, कात्तिक  ७ – भक्तपुरमा श्रीमतीले आगो लगाएर श्रीमानको हत्या गरेकी छिन् ।
  • मध्यपुरथिमि नगरपालिका–६ पुरानोठिमीस्थित मैया बुढाथोकीको घरमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षका विदुर नेपालको आगोलागीबाट ज्यान गएको हो ।
  • उनलाई जेठी श्रीमती गीता नेपालले कोठामा थुनेर आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

भक्तपुर, कात्तिक  ७ – भक्तपुरमा श्रीमतीले आगो लगाएर श्रीमानको हत्या गरेकी छिन् । मध्यपुरथिमि नगरपालिका–६ पुरानोठिमीस्थित मैया बुढाथोकीको घरमा डेरा गरी बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षका विदुर नेपालको आगोलागीबाट ज्यान गएको हो । उनलाई जेठी श्रीमती गीता नेपालले कोठामा थुनेर आगो लगाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

आफूलाई खान बस्न समेत नदिने तर कान्छी श्रीमतीलाई सुखका साथ पालेको भन्दै सहन नसकेपछि जेठी श्रीमति गीताले आगो लगाएको बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

आगो लगाउने गीतालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको छ । आगो लगाई फरार रहेकी गीतालाई प्रहरीले जगातीबाट पक्राउ गरेको प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो ।

कान्छी श्रीमती माइत गएको बेलामा जेठी श्रीमती गीताले आगो लगाएकी थिइन् । आगोलागीमा परेका विदुरको उपचारका लागि मध्यपुर अस्पताल लगिएको, त्यहाँ उपचार हुन नसके पछि नर्भिक अस्पताल लगिएको थियो ।

त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा उपचारको क्रममा गएराति ज्यान गएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?