प्रधानमन्त्री ओलीसँग संस्कृतिवीद सत्यमोहन जोशी किन रिसाए ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका छन् ।
  • शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले ओलीसँग रिसाएको संकेत गरेका हुन् ।
  • प्रधानमन्त्री ओलीले कामभन्दा बढि भाषण गरेको उनको भनाई थियो ।

शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका छन् । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले ओलीसँग रिसाएको संकेत गरेका हुन् । प्रधानमन्त्री ओलीले कामभन्दा बढि भाषण गरेको उनको भनाई थियो ।

सरकारले बोलेका कुरा पूरा गरेर देखाए मात्रै जनता आश्वस्त हुने नत्र अहिले देखिएको निराशा कायमै रहने जोशीको टिप्पणी थियो । सरकारले साँच्चिकै चाहने हो भने नेपालमा भ्रष्टाचार समाप्त हुने पनि उनको ठोकुवा छ । उनले भने,”भ्रष्टाचारीलाई कारबाही र दण्डित गर्नुपर्छ । अन्य देशमा भ्रष्टाचार समाप्त भएको छ । हाम्रो देशमा पनि हुन्छ । तर, सरकारले कडा कदम चाल्नुपर्छ ।”

जोशीले आफूले जीवनमा धेरै राजा तथा नेता फटाएको सुनाउँदै सबैभन्दा मनपर्ने राजनेतामा भने राजा त्रिभुवन नै मन परेको सुनाए । उनकाअनुसार राजा त्रिभुवनमा भने देशप्रति औधि माया थियो । उनले देश र जनताको पक्षमा काम गरेको जोशीको बुझाई छ ।

उनले सादा जीवन र उच्च विचार राख्न सबैलाई सुझाए । त्यस्तै, जीवन सधैं चिन्ताबाट मुक्त हुनुपर्ने पनि उनले नयाँ पिँढीलाई सल्लाह दिए ।आफूमा चिन्ता नभएकै कारण आज सय वर्षसम्म बाँच्न सफल भएको जोशीको विश्वास छ । उनले भने,”मेरो उर्जा भनेको नै त्यही हो । म जहिल्यैपनि चिन्ताबाट मुक्त छु ।” जोशीले जीवनलाई लम्बाई र चौडाईले नाप्न नहुने भन्दै बरु गहिराई र उचाईले नाप्नुपर्ने विचार सुनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?