निर्माण व्यवसायी र युवा संघका अध्यक्षको हत्यामा संलग्नहरु जेल
सारांश
- काठमाडौं ।
- नेपाल निर्माण व्यवसायी महासंका अध्यक्ष शरदकुमार गौचन र युवा संघका दुर्गा तिवारीको हत्यामा संलग्न भन्दै पक्राउ परेका ३ जनालाई जेल चलान गरेको छ ।
- महानगरीय प्रहरी अपराध महाशाखाले चारदिन अघि पक्राउ परेका हत्यामा संलग्न भनिएका ३ जनालाई जेल पठाएको हो ।
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंका अध्यक्ष शरदकुमार गौचन र युवा संघका दुर्गा तिवारीको हत्यामा संलग्न भन्दै पक्राउ परेका ३ जनालाई जेल चलान गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले चारदिन अघि पक्राउ परेका हत्यामा संलग्न भनिएका ३ जनालाई जेल पठाएको हो ।
शरद गौचनको २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या भएको थियो । त्यसैगरी रुपन्देहीमा मारिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पनि हत्या भएको थियो ।
दुवै घटनामा संलग्न रहेको भन्दै प्रहरीले यही कात्तिक १२ मा पक्राउ गरेका झापाका लोप्साङ भन्ने सोम तामाङ, काठमाडौँका रोशन बुढाथोकी र उदयपुरका अम्बरबहादुर रानालाई बुधबार डिल्लीबजार कारागार चलान गरेको हो ।
फत्रउ परेका तीने जनालाई काठमाडौँ जिल्ला अदालतमा पेश गगरी अदालतको आदेशअनुसार कारागार चलान गरिएको हो ।
प्रहरीले झापाको सीमा क्षेत्रबाट राना, लोप्साङ र बुढाथोकीलाई पक्राउ गरेको थियो । उनीहरु निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचन र तिवारीको हत्यामा संलग्न रहेको बताइएको छ ।
प्रतिक्रिया