यि माग राख्दै डाक्टर केसी आमरण अनसन बस्ने !
सारांश
- काठमाडौं, २४ जेठ ।
- त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
- यसअघि भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डाक्टर केसीले आफ्ना ६ बुँदे माग गरेर अनसनसहित आन्दोलन गर्ने कडा चेतवन दिएका छन् ।
काठमाडौं, २४ जेठ । त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।
यसअघि भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डाक्टर केसीले आफ्ना ६ बुँदे माग गरेर अनसनसहित आन्दोलन गर्ने कडा चेतवन दिएका छन् ।
डाक्टर केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ र शिक्षा मन्त्रालयले हचुवामा गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयहरुप्रति समेत डाक्टर केसीले ध्यानाकर्षण भएको बताएका छन् ।
डाक्टर केसीले अब कुनै पनि वहानामा चिकित्सा शिक्षा ऐन राक्न नहुने भन्दै डाक्टर केसीले ऐन जनतामुखी हुनुपर्ने माग गरेका छन् । यसअघि स्नातकोत्तर तहपछि छात्रवृत्तिका विद्यार्थीहरुले गर्नुपर्ने अनिवार्य सरकारी सेवाको अवधि ५ वर्ष तोकिएकोमा अब वर्ष हुनुपर्ने, चिकित्सा शिक्षा ऐन जारी हुँदा अनिवार्य सेवाको अवधि २ वर्ष कायम गर्नुपर्नेमा माग गरेका छन् ।
केसीले चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारवाही गर्नुपर्ने, त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनुपर्ने माग राखेका छन् ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्नुपर्ने र चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानूनको निर्माण र कार्यान्वयन गर्न डाक्टर केसीले माग गरेका छन् ।
Dipendra Yogi
डा.
Ishwar Kunwar
pagal xa yo