फुट्ने भयो जसपा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १३, २०७८
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • जनता समाजवादी पार्टी फुट्ने निश्चितप्रायः भएको छ ।
  • जसपाका अध्यक्ष महन्थ ठाकुरले पुरानै पार्टी ब्युँताउने तयारी गरेपछि फुट निश्चितप्रायः भएको हो ।
  • आज या भोलिभित्र निर्वाचन आयोग जाने गरी ठाकुर समूहले कागजपत्र तयार गरिरहेको छ ।

जनता समाजवादी पार्टी फुट्ने निश्चितप्रायः भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले पुरानै पार्टी ब्युँताउने तयारी गरेपछि फुट निश्चितप्रायः भएको हो ।

आज या भोलिभित्र निर्वाचन आयोग जाने गरी ठाकुर समूहले कागजपत्र तयार गरिरहेको छ । बबरमहलस्थित पार्टी कार्यालयमा बसेर त्यस्तो तयारी भएको हो ।

कार्यकारिणी समितिमा बहुमत नपुगेपछि ठाकुर समूह पुरानै दल राष्ट्रिय जनता पार्टी ब्युँताउने निर्णयमा पुगेको हो । कार्यकारिणी समितिका ४० प्रतिशतभन्दा बढी सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोगमा जाने तयारी भएको हो ।

प्रतिनिधि सभा नरहेको अवस्थामा दल विभाजनका लागि ४० प्रतिशत केन्द्रीय समिति सदस्य भए पुग्छ । तर, जसपा एकीकरण भएको एक वर्षमात्र भएकाले कानुनी प्रश्न आउन सक्छ । एकीकरण भएको पाँच वर्षसम्म दल विभाजन गर्न नमिल्ने कानुनी व्यवस्था छ ।

सरकारमा सहभागी हुनलागेको जसपाको ठाकुर पक्ष अब राजपा बनेर जान खोजेको छ । जसपाको ठाकुर समूहमा ठाकुरसहित राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादवलगायत नेताहरु छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?