कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
२६ पटक हेरिएको
Shares
कम्युनिष्ट पार्टीलाई समाजवादी पार्टी बनाउनुपर्छ : मन्त्री किराती

सारांश

  • काठमाडौं ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
  • मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उहाँले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री तथा नेकपा (माओवादी) केन्द्रका नेता सुदन किरातीले टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा उहाँले स्वार्थ त्यागेर अघि बढ्न सके धेरै कुरा परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे ।

निराशाको हुरी चलेको बेला आशा जगाउनुपर्नेमा जोड दिँदै उनँले भने, “हिजो जीवन त्याग्नुपर्ने अवस्था थियो, आज निजी स्वार्थलाई तिलाञ्जली दिए पुग्छ ।” उनँले सरकारले काम गर्न सकिएन भनेर छुट पाउने अवस्था नरहेको बताए । भ्रष्टाचारको अन्त्य गर्न सबै जुट्न आवश्यक रहेको बताउँदै मन्त्री किरातीले जनतालाई आशा जगाउने गरी काम गर्ने जमर्को गरिरहेको बताए ।

यस्तै एक फरक प्रसङ्गमा मन्त्री किरातीले विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवन पूर्वी नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा उनको दाबी थियो । रु तीन अर्ब खर्चेर बन्ने नयाँ टर्मिनल भवन भैरहवा र पोखराको भन्दा ठूलो, आधुनिक र सुविधा सम्पन्न हुने मन्त्री किरातीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?