प्रधानमन्त्री देउवाको अपराजित यात्रामा लगाउलान् त खगराज भट्टले ब्रेक ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
१७
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवाको अपराजित यात्रामा लगाउलान् त खगराज भट्टले ब्रेक ?

सारांश

  • डोटी, मंसिर १८ –मौन अवधि सकिनै लाग्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानको अन्तिम चरणमा हुनुहुन्छ ।
  • उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट पनि चुनावी अभियानको अन्तिम चरणमा हुनुहुन्छ ।
  • दुबै जनाले आ–आफ्नो जित सुनिश्चित बताउँदै आउनुभएको छ ।

डोटी, मंसिर १८ –मौन अवधि सकिनै लाग्दा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी अभियानको अन्तिम चरणमा हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार खगराज भट्ट पनि चुनावी अभियानको अन्तिम चरणमा हुनुहुन्छ । दुबै जनाले आ–आफ्नो जित सुनिश्चित बताउँदै आउनुभएको छ ।

संसदीय चुनावमा अपराजित रहँदै आउनुभएका प्रधानमन्त्री देउवाको यसपटकको चुनावी यात्रा कस्तो रहला भन्ने बारे डडेल्धुरामा निकै चासो, चर्चा र अड्कल हुन थालेका छन् । कतिपयले देउवाको जित निश्चित रहेको भन्दै मतान्तरको विषयमा मात्र छलफल हुनसक्ने बताउँछन् भने कतिपयले एमाले र माओवादी केन्द्रले गठबन्धन गरेपछि देउवालाई विगतमा जस्तो सजिलो नहुने धारणा राख्ने गरेका छन् ।

वाम गठबन्धनबाट देउवाको प्रतिस्पर्धी माओवादी केन्द्रका नेता खगराज भट्ट हुनुहुन्छ । यसभन्दा अघि देउवासँगै दुई पटक पराजित हुनुभएका भट्ट यस पटक एमालेको साथ पाएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आउनुभएको छ ।

माओवादी एक्लै लड्दा पनि चुनौती दिएका भट्ट एमाले र माओवादीको वाम गठबन्धनका साझा उम्मेदवार रहेकाले अहिले रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ०४८, ०५१ र ०५६ सालको चुनावसम्ममा डडेल्धुरामा देउवालाई चुनौती दिने प्रतिस्पर्धी नहुँदा चुनाव जित्न सजिलो भएको कतिपय मतदाताको आँकलन छ ।

०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा भने देउवाले डडेल्धुरासँगै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ४ बाट पनि उम्मेदवारी दिनुभएको थियो । ०७० सालको दोस्रो संविधानसभा चुनावमा पनि देउवा डडेल्धुरासँगै कैलाली ६ बाट उम्मेदवार बन्नुभयो । त्यतिबेला पनि डडेल्धुरामा देउवाका प्रतिस्पर्धी हुनुहुन्थ्यो माओवादी नेता खगराज भट्ट ।

यसपटक भने देउवाले भट्टसँगको मतान्तर बढाएर ११ हजार पुर्‍याउनु भयो । ०७० सालमा देउवाले २३ हजार ९ सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी भट्टले १२ हजार ४ सय ९३ मत पाउनुभएको थियो । एमाले उम्मेदवार तेस्रो स्थानमा रहेका थिए । अहिले स्थानीय चुनावको नतिजा हेर्ने हो भने देउवाको गृहजिल्ला डडेल्धुरामा एमालेको अवस्था सुधार भएको छ । प्रधानमन्त्री देउवाको व्यक्तित्वको असर डडेल्धुरामा पर्ने हुनाले स्थानीय चुनावको आधारमा मात्र नतिजा विश्लेषण अपूर्ण हुने स्थानीयको भनाई छ ।

को हुन् देउवासँग चुनाव लड्ने खगराज ?

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य भट्टको जन्म २०३१ पुस २ गते डडेल्धुराको अजयमेरु गाउँपालिकाका ४ चिपुरमा भएको हो । ०४७ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिमा लागेका भट्ट ०४७ सालमै तत्कालीन नेकपा एकता केन्द्रको सदस्य भएर कम्युनिष्ट राजनीतिमा होमिनु भएको थियो । तत्कालीन नेकपा माओवादीको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उहाँ कम्युनिष्ट राजनीतिमा लाग्नुभएको हो ।

आइएलसम्म पढ्नु भएका भट्ट ०५४ सालदेखि ०५८ सालसम्म अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय सदस्य हुनुभयो । विद्यार्थी फाँट छोडेपछि भट्ट तत्कालीन नेकपा माओवादीको दार्चुला, बैतडी र डडेलधुरा सचिव भएर काम गर्नुभयो । पछि दार्चुला र बैतडीको ईञ्चार्ज समेत हुनुभयो । ०६० सालमा तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा पुगेका भट्टले सशस्त्र विद्रोहमा ९ महिना जेल जीवन बिताउनुभएको थियो ।

भट्टले देउवा चार पटक प्रधानमन्त्री भए पनि जिल्लाको विकास नगरेको आरोप लगाउदै आउनुभएको छ । उहाँले आफ्नो चुनावी प्रचारको क्रममा पनि देउवाले केही गर्न नसकेको आरोप लगाउँदै आउनुभएको छ ।

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Rabi Prakash Malla

    Aadhi vote pani aaudaina khagraj ko.

      Comment Author

      Raju Bro

    Comment Author

    Govinda Prasad Sapkota

    Khagaraj

    Comment Author

    Surendra Deuba

    Sakdain bhatta mash koi aaypani

    Comment Author

    Milan Thapa

    No…

    Comment Author

    Manoj Lamichhane

    शेर भनेको सिंह , खग भनेको गैडा दुबै आ-आफ्नै ठाउ मा छन? जनता ले यसपाली कस्लाई झ्यॉई पार्ने हुन हेर्न बॉकी छ?

    Comment Author

    Suresh Khatiwada

    lagaunxan

    Comment Author

    Shyam Pandey

    हार्छ अब देउवा

      Comment Author

      Amir Bista

      Sherbahadur la harna janako xina harnush yaspali pani

    Comment Author

    Babu Ram Paudel

    Shara gayo patta saf hunxa

      Comment Author

      Amir Bista

      Sapana nadakhnu metra impossible cura Ko kihila pura hudina

    Comment Author

    Yam Kumar Katuwal

    खगराजलाइ जीताउ यो सेरे बुडो गोरूको काम छैन

    Comment Author

    K Kumar Khadka

    Abasya

    Comment Author

    Sapkota Kancha

    Bhatta

    Comment Author

    Nabaraj Adarsha Satyal

    सबै पार्टीको घोषना पत्र राम्रो छ तर त्यसको कार्यान्वोयेन गर्न ५ बर्षको स्थाई सरकार चाहिन्छ ,
    त्येसैले बहुमत उन्मुख बाम गठबन्धनलाई अत्तेधिक बहुमतले बिजय गराउ |
    अबको आश , बहुमतको सरकार !!!!

    Comment Author

    Bekharam Maharjan

    Deubalai haraununai parchha

    Comment Author

    Raju Pant

    bhatt

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?