किरात समुदायको महान् पर्व साकेला शुरू
सारांश
- अस्बिन खड्का , १८वैशाख ।
- किरात समुदायको ‘साकेला’ उभौली चाड शुरू भएको छ ।
- ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिनादिनसम्म उभौली पर्व मनाउने स्थानीएहरू बताउछन ।
अस्बिन खड्का , १८वैशाख । किरात समुदायको ‘साकेला’ उभौली चाड शुरू भएको छ ।
‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिनादिनसम्म उभौली पर्व मनाउने स्थानीएहरू बताउछन ।
साकेला पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ । पृथ्वीमा कृषि युगको सुरुवात भएदेखि नै यो चाड प्रचलनमा आएको विश्वास गरिन्छ ।

साकेला किराती राई, जातिको मात्र चाड मानिँदै आइए पनि पछिल्लो समय लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन्। जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै पछिल्लो समय सबै जातजाति उभौली चाडको खुशियाली साट्दै आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीच शुभकामना आदानप्रदान गर्न थालेका छन् ।
साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र भित्राउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ ।
याे पर्वकाे अवसरमा परम्परागत भेसभुषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ।
प्रतिक्रिया