१३ वर्षअघि भएकाे हत्याका अाराेपि युवतिले पक्राएपछि…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २३ असाेज ।
  • भारतीय प्रहरीले नेपालमा आएर अपराधी पक्राउ गर्दा बेला –बेलामा हंगामा हुने गर्दछ ।
  • तर, यतिबेला नेपाल प्रहरी एक भारतीय व्यक्तिलाई पक्राउ गरेको विषयले भारतमा हंगामा भइरहेको छ ।

काठमाडौं, २३ असाेज । भारतीय प्रहरीले नेपालमा आएर अपराधी पक्राउ गर्दा बेला –बेलामा हंगामा हुने गर्दछ । तर, यतिबेला नेपाल प्रहरी एक भारतीय व्यक्तिलाई पक्राउ गरेको विषयले भारतमा हंगामा भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म यो विषय पुगेको छ ।

१३ वर्षअघि नेपालगञ्जको चर्चित हत्याकाण्ड दीपक हेमकारसहित उनको परिवारको पाँच जनाको हत्या भएको थियो । हालै प्रहरीले सो बहुचर्चित हत्याकाण्डका अभियुक्तलाई पक्राउ ग¥यो । जिल्ला प्रहरी कार्यालय बाँकेले लखनउका किशनलाल सोनीलाई पक्राउ गरेको हो । सोनीले आफ्नै छोरी ज्वाइँ दीपकसहित ५ जनाको हत्या गराएको प्रहरी दाबी छ । सम्पतिका लागि उनले त्यसरी हत्या गरेका थिए । हत्याअघि ज्वाइँको नाममा रहेको सबै सम्पत्ति छोरीको नाममा सारेर बिक्री गरेका थिए ।

उनै सोनी पक्राउको विषयमा भारतमा हंगामा भएको हो । उनका छोराले नेपाल प्रहरीले अपहरण गरेको र सुन समेत लुटेको गम्भीर आरोप लगाएका छन् । उनको परिवारले लखनउमा सुन पसल चलाउँदै आएको छ । सुन पसलबाट २ लाख भारु र ८ सय ग्राम सुनसमेत लिएर फर्कदै गर्दा अपहरण गरिएको र पैसा र सुन समेत गायब बनाइएको भनेर किशसनलालका छोरा विकासले मुख्यमन्त्री आदित्यनाथलाई उजुरी दिएका छन् । उनले बाबु अपहरण गरेको सिसिटिभी फुटेज पनि पेश गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हेमकरको हत्या किशनलालले नै गरेको ठहर गरेको थियो । तर, भारतीय नागरिक भएकाले उनलाई नेपाल ल्याउन सहज थिएन ।

स्रोतका अनुसार हनि ट्रापिङ(युवतीको प्रयोग गरेर) मा पारी उनलाई प्रहरीले नेपाल ल्याउन सफल भएको हो । यसमा भारतीय प्रहरीले पनि सहयोग गरेको थियो । सोनी परिवार आर्थिक रुपमा सम्पन्न भएकाले लखनउका नेता तथा प्रहरीसँग पनि राम्रो सम्बन्ध छ । त्यसकारण उनीहरुले यो विषयलाई उचाल्ने प्रयास गरेका छन् । अभियुक्त सोनीसँग २ लाख भारु र आठ सय ग्राम सुन छ भनेका छन् । तर प्रहरीले बरामद गरेको छैन । यो विषयमा भने छानबिन हुने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
प्रधानमन्त्री देउवाको प्रस्ताव ओलीद्वारा अस्वीकार, प्रचण्डले दिए दुई विकल्प
कांग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार
कांग्रेस नेता पौडेललाई लक्षित गरी बम प्रहार
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई काँग्रेसले पनि दियो विश्वासको मत प्रतिपक्षमा नेमकिपा मात्रै
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी कार्कीले सम्हाले जिम्मेवारी
पुरूषलार्इ  प्याड बितरण , कसरी कता लगाउने ?
पुरूषलार्इ प्याड बितरण , कसरी कता लगाउने ?
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख
‘नेपालले लोकतन्त्र, मानवअधिकार, समानता र कानूनी शासनको प्रवद्र्धन गरेको छ :सभामुख